विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुर,मंसिर ७ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मङ्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा नेपाल र भारतका विभिन्न जिल्लाबाट जनकपुरधाम आउने भक्तजनलाई कुनै कमी हुन नदिने बताउनुभयो । उहाँले विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखी यस वर्ष मनाउने विवाह पञ्चमीको तयारीमा लाग्न तथा महोत्सव व्यवस्थापनमा ध्यान दिन प्रदेशका सम्बन्धित मन्त्रालयलाई समन्वयात्मक र तीव्रताका साथ काम गर्न निर्देशन दिनुभयो ।
मेला भर्न आउनेको वास, शौचालय, खानेपानीलगायत अत्यावश्यक पूर्वाधार तयारी, स्वास्थ्य सेवा व्यवस्थापन तथा सुरक्षा कार्ययोजना कार्यान्वयनलगायत विषयमा गम्भीरतापूर्वक लाग्न जोड दिनुभयो । बैठकमा प्रदेशका सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीलगायतको सहभागिता रहेको थियो । भारतको अयोध्याधामबाट यही मङ्सिर १७ गते पाँच सय जन्ती आउने बताइएको छ ।
साभार : रेडियो नेपाल
फागुन १८ देखि २१ गतेसम्म कञ्चनपुर–भारत सीमा नाका बन्द हु..
कञ्चनपुर,फाल्गुन १२ गते । फागुन १८ राति देखि २१ गते राति १२ बजे सम्म नेपाल भारत सीमा जोडिएको कञ्चनपुर जिल्ल..
2 दिन पहिले
मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो
धनुषा,फाल्गुन १२ गते । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनव..
2 दिन पहिले
काठमाडौं ५ लाई ‘मेडिकल हब’का रुपमा विकास गर्ने पौडेलको प..
काठमाडौं, फागुन ११ : नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले सहज, सुलभ, गुणस्तरी..
3 दिन पहिले
एक दर्जन युवाहरु कांग्रेस प्रवेश
स्याङ्जा, फागुन ११ : स्याङ्जामा विभिन्न राजनैतिक दलसँग आबद्ध युवाहरु नेपाली कांग्रेस पार्टी प्रबेश गरेका छन्। ..
3 दिन पहिले
पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १..
काठमाडौं, फागुन १० : उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत मात्र इथानोल ..
4 दिन पहिले