Janakpurdham
Thu, Apr 23, 2026
`

चर्को आलोचनापछि दूधको मूल्य वृद्धि फिर्ता

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । डेरी उद्योग सङ्घमा आबद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए । प्रतिलिटर १४ रुपियाँ वृद्धि गरेपछि त्यसको चर्को आलोचना भएको थियो ।  उद्योगीहरूले पुस १८ गते एक विज्ञप्ति जारी गरी मूल्य वृद्धि फिर्ता नलिने जनाएपछि मङ्गलबार पुनः उद्योगीसँग छलफल गरेर मूल्य वृद्धि फिर्ता गरिएको हो । मूल्य वृद्धि गर्ने आवश्यकताको अध्ययन गर्न राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवको नेतृत्वमा कार्यदलसमेत गठन गरिएको छ । सो कार्यदलले देशैभर अध्ययन गरेर दूधको मूल्य वृद्धि सम्बन्धमा प्रतिवेदन बुझाएपछि थप निर्णय लिने डेरी उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य अरनिको राजभण्डारीले बताए। दूधको मूल्य बढाउने सम्बन्धमा वैज्ञानिक रूपमा अध्ययन गरेर गर्ने सहमति भएको उनले बताए ।निजी डेरीबाट उत्पादित ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएमएफको आधारमा दूधको मूल्य वृद्धि गरिएको थियो । सरकारले गत वर्ष माघ १७ गतेदेखि देशभर लागू हुने गरी दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ५६ रुपियाँ ४ पैसा समर्थन मूल्य तोकेको थियो । साभार : स्पेसखबर

`
12 comments
प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..

जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..

13 घन्टा पहिले

विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा

काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..

13 घन्टा पहिले

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..

2 दिन पहिले

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..

काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..

2 दिन पहिले

गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

3 दिन पहिले