Janakpurdham
Wed, Mar 25, 2026
`

विश्व प्रसिद्ध मास्टर सेफ सन्तोष साहले जनकपुरधाममा ल्याए “मिथिला थाली”

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । विश्व प्रसिद्ध नेपाली तथा मिथिलाका छोरा मास्टर सेफ सन्तोष साहले आफ्नै मातृ भूमि जनकपुरधाममा मिथिलाको भोजन तथा संस्कृति झल्किने पहिलो प्रतिष्ठान सञ्चालनमा ल्याएको छ । विश्व विख्यात बनेका मास्टर सेफ सन्तोषले ख्याति कमाएका मिथिलाका परिकार पस्केर अतिथिलाई सत्कार गर्नका लागि जनकपुरधाममा “मिथिला थाली” नामक होटल एण्ड रेष्टुरेन्ट नामक प्रतिष्ठा सञ्चालनमा ल्याएका छन् । मिथिलाको गाउँ घरमा महिलाहरूले तयार पार्ने पिठौरी, अदौरीद दनौरी, तिलौरी, कुम्रौडी, सकरौडी, कडी कडही सहितका विभिन्न परिकारहरू परम्परागत चुलामा तयार पारेर अतिथिलाई सस्तो दरमा खुवाउने अठोट लिएका छन् । उनले आफूलाई रेष्टुरेन्ट सञ्चालनका लागि विश्वका दाताहरूले आग्रह गरेपनि आफूले यसको सुरुआत आफ्नै मातृ भूमिबाट आफ्नै लगानीमा गरेको जानकारी दिनु भएको छ । मिथिला थालीका साथै मिथिलाको पहिचान झल्किने आवास तथा पार्टी प्यालेस पनि सञ्चालनमा ल्याएका हुन् । 

यसबाट यस क्षेत्रको पर्यटन प्रवर्धनमा ठूलो मद्दत पुग्ने विश्वास विश्व प्रसिद्ध मास्टर सेफ सन्तोष साहको रहेको छ । आफूले यसै प्रतिष्ठानको नामबाट नेपालका विभिन्न ठूला शहरका साथै युरोपका विभिन्न मुलुक, नेपालीहरू बसोबास गर्ने खाडी मुलुकमा गरेर पाँच वर्ष भित्रमा १ सय प्रतिष्ठान सञ्चालन गर्ने अठोट सहित अगाडी बढेको बताउनुभयो ।  मिथिला थालीका स्वाद दिन चाहने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई २ सय ५० रुपैयाँमा भोजन गराउने बताउनु भयो । लागत मूल्यमा न्यून मुनाफा लिएर मिथिला भोजनका पारखीहरूलाई सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।  मिथिला थालीका साथै मिथिलाको गाउँमा उत्पादन हुने सामानहरूको खरिद आफ्नो सवारी साधनले खरिद गर्ने भएकाले यसबाट घर घरमा महिलालाई रोजगारीको अवस्था सृजना हुने र परम्परागत उत्पादनको प्रवद्र्धन एवं संरक्षण हुने विश्वास मास्टर सेफ साहको रहेको छ । करिब दुई करोडको लागतमा सञ्चालनमा ल्याएको मिथिला थाली नामक होटल एवं रेष्टुरेन्टको शाखा अन्यत्र खोल्नका लागि दाताहरू लगानी गर्नका लागि आफै आइरहेको उहाँले बताउनुभयो । निकट भविष्यमा नै नेपालको काठमाडौँ, पोखरा, मुग्लिङ, राजविराज, वीरगन्ज, नारायणघाट सहितका ठूला सहरहरूमा खोल्ने बताउनुभयो । बेलायतको रियालिटी कुकरी टिभी शृङ्खलाका विजेता साहले जनकपुरधामको रामानान्द चोकमा ‘मिथिला थाली बाइ सेफ सन्तोष साह’ नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गरिएको छ । २५० रुपैयाँमा १७ वटा परिकार खान पाइने बताउँदै साहले थाली वेचेवापतको तीन रुपैयाँ स्थानीय एक अनाथालयलाई प्रदान गरिने जानकारी दिनु भयो । मिथिला थाली नामक रेष्टुरेन्टमा मिथिला प्रसिद्ध परिकारहरू बिक्री गर्ने कक्ष पनि रहेको छ । यसबाट मिथिलाका परिकारहरू खरिद गरेर घरमा लगेर पकाउन मिल्ने उहाँले जानकारी दिनु भएको छ । पकाएको परिकार खान मिल्नुका साथै किनेर कोसेलीको रुपमा घर पनि लान मिल्ने भएको छ । यसका साथै सोही ठाउँमा मिथिला पेन्टिङको बिक्री कक्ष पनि रहने मास्टर सेफ साहले बताउनुभयो ।साभार : रेडियो नेपाल

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

15 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

15 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

2 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

3 दिन पहिले