Janakpurdham
Wed, Mar 25, 2026
`

जनकपुरधाममा भाटभटेनीको २५ औँ स्टोर सञ्चालनमा

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

नकपुरधाम । जनकपुरधाममा आज देखि नेपालको ठूलो सुपर मार्केटको रुपमा रहेको भाटभटेनी सुपरस्टोर आज देखि सञ्चालनमा आएको छ ।जनकपुरधामको वडा नंं १४ मुजेलीमा सञ्चालनमा आएको सो सुपर स्टोर प्राइभेट लिमिटेडलाई भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले विशेष पूजापाठको आयोजना गरेर शुभारम्भ गर्नु भएको छ । २५ औ स्टोरको रुपमा जनकपुरधाममा भाटभटेनी सञ्चालनमा आएको छ ।  दुई सय करोड भन्दा  बढीको लगानी भएको भाटभटेनी सुपर मार्केटमा उपभोक्तालाई चाहिने हरेक उपभोग्य सामाग्रीहरू एक्कै ठाउँमा उपलब्ध गरेको छ । १ विघा भन्दा बढी क्षेत्रफलमा फैलिएको भाटभटेनी सुपर स्टोरमा स्वदेश तथा विदेशमा उत्पादन भएका सम्पूर्ण सामाग्रीहरू बिक्रीका लागि राखिएको छ ।मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा शुरु भएको भाटभटेनी सुपर स्टोरको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा निर्माण व्यवसायी एवं जग्गा विक्रेता बलराम महतो रहनु भएको थियो ।भाटभटेनी सुपर स्टोर सञ्चालनमा आएपछि हालका लागि २ सय युवा युवतिलाई रोजगारी मिलेको छ । पूर्ण रुपमा सञ्चालनमा आएपछि यसमा साढे तीनसय जना स्थानीयलाई रोजगारी मिल्ने सञ्चालक गुरुङले जानकारी दिनु भयो । साभार : रेडियो नेपाल

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

15 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

15 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

2 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

3 दिन पहिले