Janakpurdham
Wed, Mar 25, 2026
`

पक्राउ परेपछि सहकारी सञ्चालक यादव बचतकर्ताको रकम फिर्ता गर्न सहमत

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका- ७ स्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबाबु यादव बचतकर्ताको रकम फिर्ता गर्न सहमत भएका छन् ।बचतकर्ताको रकम लिएर सहकारी संचालक यादव एक वर्षदेखि फरार थिए । पटक पटक आन्दोलन गरेका पीडितहरुले बुधवार उनलाई जनकपुरधाम ९ बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।पक्राउ परेपछि सहकारी संचालक यादव सबै बचतकर्ताको रकम फिर्ता गर्न सहमत भएका हुन् ।जिल्ला प्रहरी कार्यालयमै पीडितहरुसँग भएको छलफलमा सहकारी सञ्चालक यादवले रकम फिर्ता गर्न सहमत भएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार सहकारी सञ्चालक यादवले १० हजार रुपैयाँसम्म बचत गरेका बचतकर्ताको रकम नगद नै फिर्ता गरे । अन्य बचतकर्ताको रकम साउन मसान्तभित्र फिर्ता गर्ने लिखित प्रतिवद्धता जनाएका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

15 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

15 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

2 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

3 दिन पहिले