नदी कटानबाट गाउँले त्रसित
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
लहान, असार १० गते । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीले पश्चिमतर्फको किनारमा जग्गा कटान गरिरहेको छ। जग्गा कटानसँगै बाढी गाउँमा पस्ने भयले स्थानीय बासिन्दा त्रसित हुन थालेका छन्। लहान–२३, तिलोबना गाउँनजिक कटान भइरहेको र थप २० मिटर जग्गा कटान भए बाढी गाउँ पस्ने जोखिम रहेको स्थानीय बासिन्दाले बताएका छन्। जग्गा कटानसँगै सम्भावित बाढीको जोखिममा गाउँका बासिन्दा त्रसित बनेको लहान–२३, करैयाका ८० वर्षीय घघन यादवले बताउनुभयो। “तीन दशकअघि थोरै क्षेत्रमा बलान नदी पूर्वतर्फबाट सिधा उत्तर दक्षिण बग्दा तिलेबोना र करैया गाउँका ५० बिघाभन्दा बढी खेती योग्य जमिन सुरक्षित थियो” उहाँले नदी कटानको कथा सनाउनुभयो, “हेर्दाहेर्दै ३० वर्षयता सबै उर्वर जग्गा बलान नदीले कटान गरेर अब गाउँ पनि बगाउने अवस्था आइसकेको छ। लालपुर्जा भएका जग्गा जति खोलामा छन्, किसानहरू सुकुमवासी भए।”गोरखापत्रले निरन्तर समाचार प्रकाशित गरेपछि मधेश प्रदेश सरकारको ससर्त अनुदानको २५ लाख रुपियाँ यस वर्ष नदी नियन्त्रणका लागि छुट्याइएको स्थानीय उपभोक्ता समितिका अध्यक्ष मुशहरू यादवले जानकारी दिनुभयो। त्यस रकमबाट ७० मिटरलाई मात्र पुग्ने हुँदा तत्काल तटबन्ध निर्माण कार्य सुरु भएको उहाँले बताउनुभयो। सात सय मिटर तटबन्ध निर्माण भए मात्रै कटान नियन्त्रण हुन सक्ने अवस्थामा यो रकम हात्तीको मुखमा जिरा भए जस्तै भएको २३ नम्बर वडाका वडाध्यक्ष बद्रीनारायण यादवले बताउनुभयो। उहाँका अनुसार सुक्खा मौसममा बलान नदी कटान नियन्त्रणका लागि सङ्घीय सांसद रामशङकर यादव, प्रदेश सभा सदस्य राजकुमार गुप्ता र लहान नगरपालिका सबैसँग सहयोग मागिएको थियो। प्रदेश सभा सदस्य ललिता दासको पहलमा २५ लाख रुपियाँ मात्रै आएपछि दीर्घकालीन समाधान नहुने भन्दै स्थानीय बासिन्दा असन्तुष्ट देखिएका छन्। गतवर्ष नगरपालिकाले १५ लाख रुपियाँ खर्च गरेर बोरामा बालुवा हालेर बनाएको तटबन्ध पहिलो पटक आएको बाढीले नै बगाएर लगेको थियो। यस वर्ष पनि वर्षाको समयमा सुरु भएको तटबन्ध निर्माण कार्य कतिको भरभपर्दो हुने भने चिन्ता स्थानीयवासीमा छ। बलान नदी कटानबाट लहान नगरपालिकाको वडा नं. ३, १९ र २३ सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५ र भगवानपुर गाउँपालिकाको १ र ३ का सयौँ बिघा उर्वर जमिन कटान गरेर स्थानीय किसानलाई विपन्न र सुकुमवासी बनाइदिएको छ। साभार : गोरखापत्र
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
13 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
13 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
2 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
3 दिन पहिले