Janakpurdham
Wed, Mar 25, 2026
`

नगराईन नगरपालिकाका नगर प्रमुख बिनय यादवले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाए

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । धनुषाको नगराईन नगरपालिकाका नगर प्रमुख बिनय यादवले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन्। किसानको खेतमा पुगेर नगर प्रमुख यादवले रोपाहारहरुसँगै धानको रोपाइँ गरेका छन्। नगर प्रमुख यादवले आफैँ खेतमा पुगेर धान रोप्न थालेपछि किसान तथा कृषि मजदुरहरु खुसी भएका छन्। बिना कुनै तामझाम नगर प्रमुख यादवले धानको रोपाईँ गरेका हुन्। धनुषाको मुख्य बाली धान रहेको र धानखेती गर्न कसैले अप्ठ्यारो मान्न नहुने सन्देश नगर प्रमुख यादवले दिएको नगराईनका स्थानीयहरुले बताएका छन्। नगर प्रमुख यादवले धान दिवस मनाउँदै किसानसित धान रोपेर सबै वर्गका मानिसले हिलोमाटोमा खेती गरेर देशलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने बताएका छन्। धान रोपाइँ गरिसकेपछि नगर प्रमुख यादवले रोपाहारसित बसेर दही, चिउरा र आँप पनि खाएका छन्। राष्ट्रिय संस्कृतिको प्रर्वद्धनमा हरेक नागरिकको भूमिका हुनुपर्ने नगर प्रमुख यादवको भनाइ छ।

 

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

13 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

13 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

2 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

3 दिन पहिले