मंगलमको निःशुल्क थाईराई मधुमेह परिक्षण शिविरको यात्रा जारी
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम असार २३ गते । जनकपुरधामको अधिकांश ल्यावमा मधुमेह तथा थाईराइडको सहि परिक्षण विना नै विरामीलाई औषधी सेवनले समस्या भईरहेको बेलामा ख्याती प्राप्त मंगलम् डाइग्नोष्टिक सेन्टर प्रा.लि. सुरु गरेको निःशुल्क थाईराइड र मधुमेहको शिविर तेस्रो शनिबार पनि जारी रहयो । जनकपुरधामको तिरहुतिया गाछी देखि सुरु गरेको सो शिविर गत शनिबार जनकपुरधामको देवी चोकमा समेत शिविर सम्पन्न भएको थियो । शनिबार जनकपुरधाम ११ स्थित लक्षमण अखाडा स्थित जनता आधारभूत विद्यालयमा भएको सो निःशुल्क शिविरमा एक सय २९ जना महिला र ६४ जना पुरुष गरी कुल एक सय ९३ जनाले थाइराईड र मधुमेहको परिक्षण गराइएको सो डाइग्नोष्टिक सेन्टरका व्यवस्थापक नरेश लाभले जानकारी दिनुभयो । मनोकामना युवा कमिटीको आग्रहमा भएको सो शिविरको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले गर्नुभएको थियो । पछिल्ला समयमा थाईराईडका विरामीको संख्यामा बृद्धि भईरहेको देखिएको छ । सही ल्याब रिपोर्टको आभवामा अधिकांश व्यक्तिमा थाईराईडको अवस्था सामान्य भएपनि औषधी सेवन गर्न चिकित्सकले भनेपछि बिरामीलाई औषधी सेवन गर्दा थाइराईड थप बड्ने वा मुटु सम्बन्धी रोग निम्ताइ रहेको छ । यस्तो अवस्थामा विस्वसनीय रहेको मंगलम डाइग्नोष्टिक सेन्टरले सस्तो मुल्यमा गुणस्तरीय ल्यावको व्यवस्था गरेकाले जनकपुर क्षेत्रका विरामीहरुका लागि सजिलो भएको छ । शनिबार भएको सो शिविरमा मनोकामना युवा कमिटीका तर्फबाट मंगलम् डाइग्नोष्टिक सेन्टरलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
11 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
11 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
1 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
1 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
3 दिन पहिले