Janakpurdham
Wed, Mar 25, 2026
`

जनकपुरमा सुरु भयो ‘राजागञ्ज’को छायांकन

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । दीपक रौनियारको निर्देशनमा फिल्म ‘राजागञ्ज’को छायांकन जनकपुरमा सुरु भएको छ । फिल्मको छायांकन ४० दिनसम्म जनकपुरसहित पूर्वी नेपालका मोरङ र महोत्तरीमा चल्ने जनाइएको छ ।शनिबारदेखि जनकपुरको रामानन्द चोक क्षेत्रमा छायांकन सुरु भएको कार्यकारी निर्माता मणिराम पोखरेलले बताए । ‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्महरुका निर्माता रामबाबु गुरुङले यो फिल्मको निर्माण गरिरहेका छन् ।पूर्वमिस नेपाल समेत रहेकी निकिता चाण्डक, आशा मगराती, विजय बराल, घनश्याम मिश्र, पशुपति राई लगायतका कलाकारले अहिले छायांकन धमाधम गरिरहेका छन् । केही दिनमा दयाहाङ राईले समेत छायांकन सेट ‘ज्वाइन’ गर्नेछन् ।

फिल्मलाई अमेरिकी सिनेम्याटोग्राफर सेल्दन चाउले निर्देशन गरिरहेका छन् । यो उनको दशौं फिल्म हो । उनले खिचेका फिल्महरु कान्स, लोकार्नो, सनडान्स, टोरन्टो र भेनिस फेस्टिभलमा प्रदर्शन भइसकेका छन् ।

उनले खिचेको ‘नाफिज फादर’ले लोकार्नोमा शीर्ष पुरस्कार जितेको थियो भने सेनेगलको फिल्म ओस्कारमा पुगेको थियो । ‘राजागञ्ज’ समयविरुद्धको कथा (रेस अगेन्स्ट टाइम) पुलिस थ्रिलर फिल्म हो । दुई महिला मुख्य पात्रलाई फिल्ममा चित्रण गरिंदैछ ।जनकपुरमा फिल्म छायांकन गर्न उपमहानगरपालिका र स्थानीय प्रशासनले सहयोग गरेको जानकारी कार्यकारी निर्माताले पोखरेलले दिए । ‘नेपाली फिल्मलाई उनीहरुले अहिलेसम्म यतिको सहयोग गरेका थिएनन्,’ उनले भने । फिल्मको निर्माण नियन्त्रकमा विष्णु मैनाली छन् ।

तस्वीरहरु

       

 

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

9 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

9 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

1 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

1 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले