मधेशभरि ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, साउन १६ गते । मधेश प्रदेश सरकारले प्रदेशभरि गाईबस्तुमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरेको छ। सोमबार जनकपुरधामस्थित सीताराम गौशालामा एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रूपमा प्रदेशको आठ वटै जिल्लामा एकसाथ ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरिएको हो। मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले ‘लम्पी स्किन’ रोगविरुद्ध खोप लगाउन आठ वटै जिल्लामा सुरु भएको जानकारी दिनुभयो।
उहाँले प्रदेश सरकारले पहिलो चरणमा ल्याएको खोप पर्याप्त मात्रामा नरहेको चर्चा गर्दै स्थानीय सरकारलाई पनि आफ्नो बजेटबाट खोप खरिद गर्न आग्रह गर्नुभयो। मन्त्री न्यौपानेले प्रदेशमा खोप अझै आवश्यक पर्ने हुँदा सङ्घ सरकारसँग खोप माग्न पहल भइरहेको जानकारी दिनुभयो।
मन्त्री न्यौपानेका अनुसार प्रदेश सरकारले विपत् व्यवस्थापनको रकमबाट पहिलो चरणमा प्रदेशका लागि ६४ हजार खोप खरिद गरिएको छ। प्रदेशको प्रत्येक जिल्लालाई आठ हजार डोज खोप उपलब्ध गराइएको छ।उहाँले यतिले मात्र पर्याप्त नहुँने हुँदा स्थानीय तहसँग रहेको खोपको बजेटबाट खोप खरिद गर्न आग्रह गर्नुभयो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी एवं पशु चिकित्सक डा. रन्जितकुमार अधिकारीका अनुसार लक्षण नदेखिएका स्वस्थ पशुमा मात्र यो खोप लगाइन्छ। त्यसैले ‘लम्पी स्किन’ रोग लाग्न नदिन खोप पशुमा लगाउने गरिएको छ। रोग लागेका पशुलाई अन्य उपचारको माध्यमबाट निको बनाउन कोसिस भइरहेको छ।
चिकित्सक अधिकारीले हाल प्रदेश सरकारले खरिद गरेको ६४ हजार र स्थानीय तहले खरिद गरेको ४५ हजार ८२५ गरी प्रदेशमा एक लाख नौ हजार ८२५ डोज खोप लगाइने जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेशको आठ वटै जिल्लामा ‘लम्पी स्किन’ रोग देखापरेको छ। हालसम्म गाईगोरुमा ६५ हजार ७१२ र भैँसीमा दुई हजार ७०४ गरी जम्मा ६८ हजार ७१६ पशु ‘लम्पी स्किन’ रोगबाट ग्रसित रहेका छन्। उक्त रोगबाट मृत्यु हुने पशुको सङ्ख्यामध्ये गाई र गोरु गरी दुई हजार १९ र छ वटा भैँसी गरी जम्मा दुई हजार २५ पशु रहेको पशु चिकित्सक अधिकारीले जानकारी दिनुभयो। यस रोगबाट प्रदेशमा सबैभन्दा बढी सङ्व्रmमित गाई देखिएको बताइन्छ। प्रदेशमा गाई र भैँसी गरेर पशुको सङ्ख्या २४ लाख बढी रहेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालका सचिव नम्रता सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प्रदेशका आठै जिल्लाका पशु चिकित्सक उपस्थिति थियो। साभार : गोरखापत्र
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
9 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
9 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
1 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
1 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले