Janakpurdham
Wed, Mar 25, 2026
`

अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच सम्वन्धी ओसीएमसीसँग छलफल सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम १९ गते साउन । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच सम्वन्धी छलफल सम्पन्न भएको छ । उक्त छलफल राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेश र प्रदेशिक अस्पताल जनकपुरमा रहेको ओसीएमसी टिमका प्रतिनिधिहरू विच गरिएको हो । उक्त छलफलबाट अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच पुग्न नसकिरहेको विविध विषयमा छलफल गर्दै यस्ता समस्याहरूमा सूचना आदान(प्रदानको माध्यमबाट सहकार्य र समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच बढाउने साथै महासंघले प्रकाशन गरेका सचेतनामूलक प्रचार(प्रशार सामग्रीलाई अस्पतालको विभिन्न स्थानहरूमा राख्नेर वा टास गरेर सचेतना प्रवाह गर्ने सहमति गरिएको छ । प्रादेशिक अस्पतालका मेडिल डाईरेक्टर राम नरेश पन्डितको समेत उपस्थिति रहेको सो छलफल कार्यक्रमको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा प्रकाशन गरिएको पहुँचयुक्तता परीक्षण प्रतिवेदन समेत हस्तान्तरण गरिएको छ । प्रतिवेदन वुझ्नुहुदै यस वर्ष अस्पतालको स्तरउन्नतिका लागि योजना समेत रहेको हुँदा प्रतिवेदनले दिएको सुझाव अनुसार संरचनामा सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नु हुँदै अझ रचनात्मक कार्यका लागि सुझावको अपेक्षा रहेको कुरा बताउनुभयो । उक्त छलफल कार्यक्रममा प्रादेशिक अस्पताल जनकपुर ओसीएमसी टिमका तर्फबाट मेडिल डाईरेक्टर राम नरेश पन्डित, डा. रुवी सिंह, डा. रामदेव चौधरी, फोकल पर्शन सुनिती यादव, संयोजक सपना कुमारी चौधरी हुनुहुन्थ्यो । राष्ट्रिय अपाङ्ग महासंघको तर्फबाट अध्यक्ष किरण कुमार पासवान, प्रदेश व्यवस्थापक प्रकाश नेपाली, वकालत संयोजक चन्द्र राई, परियोजना अधिकृत मधु गुप्ता र प्रदेश परियोजना कार्यदलका संयोजक जय प्रकाश ठाकुर, सदस्यद्वय सञ्जु भगत र रञ्जना कुमारीको उपस्थिति रहेको थियो ।

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

7 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

8 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

1 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

1 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले