मलमासका कारणले मिथिलाका मधुश्रावणी पर्व डेढ महिना चलेर सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लामा नव विवाहिता कन्याले मनाउने मधुश्रावणी पर्व शनिवार सम्पन्न भएको छ ।पर्व साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि शुरु भएर यस पटक मलिमास परेका कारणले डेढ महिना चलेर शनिवार सम्पन्न भएको छ ।
प्रत्येक २४ वर्षमा मलिमास पर्ने र यतिका दिनसम्म मधुश्रावणीको विधि गर्नुपर्ने प्रावधान रहने गरेको जनकपुरधामको वडा नंं ८ का पण्डित मदन झाले जानकारी दिनुभयो । अरू वर्ष साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि साउन शुक्लपक्ष तृतीयासम्म १५ दिन चल्ने भए पनि यस पटक मलिमास भएकाले शनिवारसम्म चलेका हो ।
मधुश्रावणी पर्वको पूजाका लागि आवश्यक पर्ने सामाग्री, लगाउने लुगा, सिन्दूर, पोते, गरगहना तथा डेढ महिनासम्म खाने खाद्यान्न सामाग्री तथा पूजाका लागि आवश्यक पर्ने अन्य सामाग्री ससुराली अर्थात् बेहुलाको घरबाट आउने त्यसबाट नै नव विवाहिता कन्याले खाने तथा पूजा गर्ने परम्परा रहेको छ ।

मधुश्रावणीमा नव विवाहित कन्याहरू समूहमा भेला भएर विभिन्न प्रकारको परम्परागत गीतसहित घर नजिकको सार्वजनिक उद्यान, बारी तथा धार्मिक स्थलमा भएको मठ मन्दिरमा रहेको फूलबारीबाट साँझ फूल टिपेर राति राख्ने र भोलिपल्ट बिहान सोही बासी फूलबाट शिव, पार्वती तथा नाग देवताको पूजा गर्ने चलन रहेको छ ।
फूल टिप्ने कार्यलाई मिथिलामा “फूललोढी” भन्ने गर्दछन् । समूहमा नव विवाहित कन्याहरू नयाँ नयाँ रङ्गीचङ्गी लुगाहरू लगाएर हसिठट्टा गर्दै फूल टिप्ने गरेका कारणले मिथिलाञ्चल क्षेत्रको वातावरण नै यस वर्ष डेढ महिनासम्म नै रोमाञ्चित बनेको थियो । मधुश्रावणीको अन्तिम दिन श्रीमान् श्रीमतीसँगै बसेर विशेष पूजा गर्नुका साथै कथाइनबाट कथा सुन्ने चलन रहेको छ ।कथालाई नवविवाहिता कन्या, बेहुलासहित घरका सदस्य, छरछिमेक तथा इष्टमित्रहरू बसेर सुन्ने गरेका छन् ।पर्व सम्पन्न भएपछि आमाबुबा सहित घरका ठुलाबडाबाट आशिष लिने चलन रहेको छ ।साभार : रेडियो नेपाल
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
4 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
4 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
1 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
1 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले