मधेश प्रदेशमा लैङ्गिक अनुपात बढ्दै गएकोप्रति चिन्ता व्यक्त
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा महिला तथा पुरुषका बीचमा रहेको विभेदका कारणले लैङ्गिक सन्तुलनमा बिग्रन थालेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र यूएनएफपिएका सहयोगमा जनसङ्ख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ३० वर्ष पुरा भएको सन्दर्भ आज जनकपुरधाममा आयोजित प्रदेश स्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले चिन्ता व्यक्त गरेका हुन् ।सहभागीहरूले महिला तथा पुरुष बीचको विभेदलाई कम गर्ने तथा महिलालाई बढी अवसर प्रदान नगरेसम्म जनसङ्ख्यालाई सन्तुलनमा राख्न चुनौती हुने बताउनुभयो ।अहिले देशमा १ सय महिलामा ९६ पुरुष भए पनि मधेशमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम भएकाले अगामी दिनमा त्यो झनै बढ्न सक्ने विज्ञहरूले औँल्याउनुभयो ।मधेश प्रदेशका १ सय छोरीमा १ सय १४ जना छोरा भएको जानकारी दिँदै यो अवस्था आउनुमा गर्भमा नै लिङ्गको पहिचान गरी गर्भपतन गराउनु रहेको जानकारी दिइयो ।कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव कपिल प्रसाद तिम्सिनाले जनसङ्ख्यालाई सन्तुलनमा राख्न आवश्यक भएको बताउँदै सन्तुलित जनसङ्ख्याले नै मुलुकको विकास हुने बताउनुभयो ।मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव डा. इन्द्रजीत रजकले गुणस्तरीय जनसङ्ख्याको सही व्यवस्थापन गरेर कतिपय मुलुक चाँडै समृद्धिको बाटोमा अग्रसर भएको बताउनुभयो ।साभार : रेडियो नेपाल
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
4 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
4 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
1 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
1 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले