कोशीमा पानीको बहाव उच्च, ५६ ढोका खोलियो
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
वराहक्षेत्र(सुनसरी), भदौ ९ गते । सप्तकोशी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि शुक्रबार साँझबाटै ५६ ढोका खोलिएको हो । पहाडी क्षेत्रमा वर्षा भएसँगै शुक्रबार दिउँसोदेखि नै कोशीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । साँझ ७ बजे तीन लाख ८० हजार ८ सय १५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो । कोशी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवका अनुसार राती १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिबार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ । गत साउन २९ गते ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव यस वर्षकै उच्च र अहिलेसम्मको पाँचौँ पटक उच्च मापन गरिएको कोशी योजना विराटनगरका सम्पर्क तथा भू आर्जन अधिकृत प्रमोद पौडेलले बताउनु भयो ।सम्पर्क तथा भू आर्जन अधिकृत पौडेलका अनुसार पहिलो पटक १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार २ सय क्युसेक पानीको मापन गरिएको थियो । सन् १९६८ अगस्ट २७ मा ४ लाख १ हजार ९० क्युसेक, १९८४ सेप्टेम्बर १७ मा ५ लाख १ हजार ७ सय ८७ क्युसेक, सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक र १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १ सय ९३ क्युसेक पानीको बहाव उच्च मापन गरिएको छ । यस वर्षको दोस्रो पटक पानीको बहाव उच्च मापन र १९६८ यताकै छैटौँ पटक मापन गरिएको कोसी योजना विराटनगरका सम्पर्क तथा भू-आर्जन अधिकृत प्रमोद पौडेलले बताउनुभयो ।पहाडी क्षेत्रमा वर्षा भएसँगै कोसी नदीमा पानीको बहाव उच्च भएको थियो कोसीमा पानीको बहाव उच्च भए पनि पूर्वी तटबन्धमा सामान्य कटान बाहेक कुनै क्षति नभएको र श्रीलङ्का टापुमा भने कटान भइरहेको सम्पर्क अधिकृत पौडेलले बताउनुभयो । राजा वास, प्रकाशपुर, मधु वनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । साभार : गोरखापत्र
यूएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतवासको ..
काठमाडौं, फागुन १६ : संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश..
1 दिन पहिले
दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द
काठमाडौं, फागुन १६ : दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । हवाई क्षेत्र बन्द गरिएका कारण केह..
1 दिन पहिले
धनुषा–३ मा कांग्रेसलाई बल : जनमतका पूर्व केन्द्रीय नेता ..
जनकपुरधाम, फाल्गुन १६ गते । सीके राउत नेरृत्वको जनमत पार्टीका तत्कालीन केन्द्रीय कार्यकारिणी सदस्य एवं विदेश वि..
2 दिन पहिले
कांग्रेस बदलिएको छ, अवसर पाए ५ वर्षमै कायापलट गर्छौं : सभा..
पोखरा ,फाल्गुन १५ गते । आसन्न निर्वाचनमा देशमा दुई प्रकारका अतिवादले स्थान पाउन सक्ने खतरा रहेको नेपाली कांग्र..
2 दिन पहिले
नेपालको रेल सेवा तीन दिन बन्द हुने
जनकपुरधाम ,फाल्गुन १५ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका कारण नेपालको एक मात्र यात्रुवाहक रेल सेवा त..
2 दिन पहिले