Janakpurdham
Wed, Mar 25, 2026
`

क्षीरेश्वरनाथका महिला जनप्रतिनिधिको मध्यवर्ती प्रशिक्षण सम्पन्न 

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 

जनकपुरधाम,भदौँ ९ गते । निर्वाचित महिला जनप्रतिनिधहरुको क्षमता विकासका लागि धनुषा जिल्लाको विभिन्न पालिकामा माण्डवीले प्रशिक्षणलाई जारी राखेको छ । महिला जनप्रतिनिधिको क्षमता अभिबृद्धिका लागि जारी अभियान अन्तरगत शनिबार क्षीरेश्वरनाथका २१ जनाको प्रशक्षण सम्पन्न भएको छ । बिहिबार देखि सूरु भएको मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युल सुरु भएको थियो । सो पालिकाका २१ ज्ना महिला जनप्रतिनिधिहरुलाई शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत सक्षम बनाई लैँगिकता मैत्री स्थानीय सरकार संचालन गर्न प्रशिक्षित गरिएको छ । उहाँहरुलाइ प्रशिक्षक द्वय सम्झना वर्मा तथा पार्वर्ती भट्टराईले प्रशक्षिण दिनुभएको छ ।सो प्रशिक्षणको अनुगमन माण्डवीका कार्यक्रम संयोजक मुनिलाल बैठाले गर्नुभएको थियो । उहाँले प्रशिक्षणको तिनै दित अनुगमन गर्दै सहभागी महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासका लागि जारी रहेको प्रशिक्षणका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । सो प्रशिक्षणमा सहभागीहरुलाई नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । प्रशिक्षणको समापनका क्रममा क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादवले समेत अनुगमन गर्नुभयो । अनुगमनका क्रममा सहभागी महिला जनप्रतिनिधिहरुले आफुहरुलाई ड्रेस तथा आईडी कार्डको व्यवस्था गर्न आग्रह गरेका थिए । प्रमुख यादवले महिला जनप्रतिनिधिहरुको आईडि कार्ड तत्कालै बनाउने आश्वासन दिदै नेतृत्व विकासका लागि उहाँहरुलाई अवलोकन भ्रमण गराउने आश्वासन दिनुभयो । तत्काल ड्रेसको व्यवस्था नभएपनि अगामी दिनमा यस विषयमा पहल गरिने समेत बताउनु भयो । उहाँले अगामी दिनमा पालिकाबाट लैँगिकमैत्री बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मध्यवर्ती प्रशिक्षणमा सहभागी भएका महिला जनप्रतिनिधिहरुले प्रशिक्षण पछि अब समुह बनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथा अभिव्यक्ति तथा दुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलक कार्यक्रम गर्ने छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा शि लिड्स कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

3 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

3 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

1 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

1 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले