Janakpurdham
Tue, Mar 24, 2026
`

अख्तियारको कर्मचारी भन्दै धम्की दिने दुई जना जनकपुरधामबाट पक्राउ

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,भदौ २० गते । जनकपुरमा अख्तियारको कर्मचारी भन्दै धम्काएर ठगी गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३७ को अनिल सिंह र सोही ठाउँका वर्ष ३२ राहुल सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।उनीहरुले गत साउन ११ गतेदेखि भदौ १५ गतेसम्म जनकपुरधाम नगरभित्रका विभिन्न ७ वटा पसलहरूमा आफूहरू अख्तियारको कर्मचारी रहेको भन्दै व्यवसायीहरूलाई धम्की दिएर रकम असुली गर्दै आएका थिए ।कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौँ, तपाईँको पसल सिल गर्छौँ, भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने उनीहरूलाई खोजतलास गरी जनकपुरधाम उपमहानगरपालिका वडा नंं ७ भ्रमपुरा चोकबाट पक्राउ गरिएको धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनु भयाे ।उनीहरूलाई बिआर ३० एबी ८८०४ नम्बरको भारतीय मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरूलाई ठगी कसुर शीर्षक मुद्दामा ५ दिनको म्याद धनुषा अदालतबाट लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।साभार : रेडियो नेपाल

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

2 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

2 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

1 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

1 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले