Janakpurdham
Tue, Mar 24, 2026
`

‘पत्रकारिताका लागि राजेश्वर नेपाली प्रेरणाका श्रोत’

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,भदौ २३ गते ।  वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको १३ औँ पुण्य तिथिको अवसरमा नेपाल पत्रकार महासङ्घ धनुषाले आज श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।नेपाल पत्रकार महासङ्घको सभाकक्षमा आयोजना गरिएको सभामा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार स्वर्गीय नेपालीको नेपाली पत्रकारिता क्षेत्रमा रहेको योगदानको चर्चा गर्नुभयो ।सहभागी पत्रकारहरूले स्वर्गीय वरिष्ठ पत्रकार नेपाली नेपाली पत्रकारिता क्षेत्रका लागि सधैँ प्रेरणाको श्रोत रहने बताउँदै लोकतान्त्रिक आन्दोलन तथा साहित्यको क्षेत्रमा उहाँले गर्नुभएको योगदान चीर कालसम्म स्मरणीय रहिरहने उल्लेख गर्नुभयो ।वरिष्ठ पत्रकार वि एम खनालले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार स्वर्गीय राजेश्वर नेपालीले प्रजातन्त्रका लागि मिसन पत्रकारिताको सुरुआत गरेर अन्तिम समयमा पनि निरन्तरता दिनु सबै पत्रकारहरूका लागि प्रेरणायोग्य भएको बताउनुभयो ।कार्यक्रमका सभापति तथा नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाले नेपालको पत्रकारिता क्षेत्रमा नेपालीको अभाव सधैँ खड्किरहने बताउनुभयो ।साभार : रेडियो नेपाल

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

49 मिनट पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

51 मिनट पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

1 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

1 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले