Janakpurdham
Tue, Mar 24, 2026
`

पत्रकार महासङ्घद्वारा जनकपुर जेसिज १४ रनले पराजित

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असोज ३ गते ।  संविधान दिवस तथा जनकपुर जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको दोस्रो दिन आज जनकपुरधाममा नेपाल पत्रकार महासङ्घ र जनकपुर जेसिजका खेलाडी बीचमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।जनकपुरधामको ऐतिहासिक तीरहुतियागाछीको खेल मैदानमा आज बिहान सम्पन्न भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल पत्रकार महासङ्घका पत्रकार खेलाडीहरू १४ रनले विजयी भएको छ ।टस जितेर ब्याटिङ रोजेका महासङ्घको क्रिकेट टिमले निर्धारित १२ ओभरको खेलमा पुरा ओभर खेल्दै १०७ रन बनाएका थिए । प्रतिउत्तर ब्याटिङ गर्न आएका जनकपुर जेसिजका खेलाडीहरूले निर्धारित ओभरको खेलमा ९३ रन मात्र बनाएका थिए ।नेपाल पत्रकार महासङ्घका तर्फबाट ४ विकेट लिएका पत्रकार घनश्याम मिश्र म्यान अफ दि म्याच घोषित भएका थिए । महासङ्घका तर्फबाट अविनाश झा तथा राहुल सिंहले टिमका लागि राम्रो रन जोडेका थिए ।यस अघि मैत्रीपूर्ण खेलको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले ब्याटिङ र जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बलिङ गरेर गर्नु भएको थियो । साभार : रेडियो नेपाल

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

24 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

24 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले