Janakpurdham
Tue, Mar 24, 2026
`

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गंभीर घाइते , प्रहरीले कुनै चासो नलिएको पीडित मण्डलको आरोप

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

प्रिया कर्ण

जनकपुरधाम,असोज ६ गते ।  महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-७ मा छिमेकीको कुटपिटबाट एक जना महिला गंभीर घाइते भएकी छन् । कुटपिटबाट स्थानीय रामसंजिवन मण्डलको श्रीमति सोनावत्ति मण्डल गंभीर घाइते भएकी छन् । घाइते सोनावतिलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको थियो त्यहाँ उनको उपचार सम्भव नभएपछि रामजानकी हस्पिटलमा उनको उपचार जारी रहेको छ । विहिबार अबेर साँझ सोही गाउँका विनोद मण्डल,सुबोध मण्डल,शिव कुमार मण्डललगायतले सोनावत्तिलाई मरासन्न गरी कुटपिट गरेको आरोप संजिवन मण्डलले लगाएका छन् । महिला महिला बीचको सामान्य विवादको क्रममा लागुऔषध सेवन गरेर आएका विनोद मण्डलसहितका व्यक्तिहरुले सोनावत्तिमाथि मरासन्न हुने गरी कुटपिट गरेको दुखेसो रामसंजिवनले पोखेका छन् । यता घटना भएको तीन दिनसम्म पनि प्रहरी प्रशासनले कुनै चासो नलिँदा पीडितहहर झन पीडा भोग्न बाध्य बनेका छन् । अहिले पनि पीडक पक्षले पीडितलाई प्रहरीमा निवेदन दिन गईस भने मार दिन्छु भन्दै धाक धम्कि समेत दिने गरेको राजसंजिवनले बताए । जनप्रतिनिधिले समेत पीडकलाई नै सहयोग गरिरहेको दनौलीकै एक जना युवकले बताए । कुटपिट पछि पनि प्र्रहरीले केहि गर्दै नगरेको भन्दै उनीहरु झनै बढी दादागिरी गर्दै खुलेआम घुमिरहँदा महोत्तरी प्रहरीमाथि ठूलो प्रश्न खडा भएको छ । यता यसबारेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सम्पर्क गर्दा यसबारे अहिलेसम्म कुनैै जानकारी नै नआएको बताइएको छ ।

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

24 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

24 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले