जनकपुरधाममा हरित विद्यालय अभियान शुरु, २१ सदस्यीय ईको क्लबको गठन
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,असोज ८ गते । जनकपुरधाममा हरित विद्यालय अभियान शुरु गरिएको छ । ग्रिन स्पेस नेपालले सो सोमबारबाट सो अभियान शुरु गरेको होे ।
अभियानी धीरज साहकाअनुसार अभियानको पहिलोचरणमा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा सडक भित्र रहेका विद्यालयहरुमा हरित अभियान सफल पार्न ईको क्लब गठन गरिएको छ । कक्षा ७,८ तथा ९का २१ जना विद्यार्थीहरु सम्मिलित क्लब गठन गरिएको अभियानी साहले बताए ।
अभियान अन्तरगत पहिलो दिन विद्यालयका बालबालिकाहरुसंग वातावरण सम्बन्धि वर्तमान र भविष्यका समस्या समाधानसंग जुध्न क्षमता अभिवृद्धिबारे सचेतनामुलक छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
विद्यार्थीहरुमा सानै उमेरदेखि वातावरणबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले क्लबको गठन गरिएको र समय समयमा छलफल गरिने तथा वातावरणीय सचेतना अभियानलाई अर्को पिंढीमा सार्ने उद्देश्यसमेत रहेको साहले प्रष्ट पारे ।

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
23 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
23 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
2 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
3 दिन पहिले