सिरहामा भारतीय मोटरसाइकलसहित १८ थान बेवारिसे मोबाइल बरामद, तस्कर फरार
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
सिरहा,असोज १० गते । सिरहा सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा सिरहाको गोलबजारबाट करिव दुई लाख ३४ हजार मूल्य बरावरको मोबाइल बरामद गरेको छ ।प्रहरीले सिरहाको व्यस्त बजार गोलबजार नगरपालिका ६ बाट दुई लाख ३४ हजार तीन सय ८० रुपैयाँ मूल्य बरावरको १८ वटा मोबाइल सेट र नम्बर नभएको एक थान भारतीय मोटरसाइकल बरामद गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरीले मोटरसाइकल सहित मोबाइल बरामद गरेको सशस्त्र प्रहरी बल सिरहाका एसपी प्रमोद भारती जानकारी दिए । भारतीय सीमा क्षेत्रबाटै प्रहरीले पछ्याउँदै आए पनि तस्कर गोलबजारमा मोटरसाइकल छोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।पच्छ्याइरहेको जानकारी पाएर तस्कर सामानसहितको मोटरसाइकल छोडेर भागेको हुनसक्ने प्रहरीको भनाइ छ । बरामद मोटरसाइकल र १८ थान मोबाइल आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडर खेरौना पठाइएको एसपी भारतीले जानकारी दिए । साभार : रातोपाटी
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
23 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
23 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
2 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
3 दिन पहिले