खराब वित्तीय अवस्था भएका कम्पनीको सेयर मूल्य उचालिन थालेपछि आइपीओको ओपनिङ रेन्ज घटाउने तयारी
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,माघ ८ गते । नेपाल स्टक एक्सचेन्जले आइपीओको पहिलो कारोबारका लागि दिने गरेको ओपनिङ रेन्ज (सुरुवाती मूल्य) घटाउने तयारी गरेको छ ।बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीले पनि आइपिओ जारी गर्ने र ती कम्पनीलाई तीन गुणासम्म ओपनिङ रेन्ज दिँदा केही समय सेयर मूल्य उचालिए पनि लगानीकर्ता जुनसुकै बेला फस्न सक्ने भन्दै ओपनिङ रेन्ज घटाउन नेप्से व्यवस्थापन समूहले सञ्चालक समितिलाई प्रस्ताव पेश गरेको छ ।विशेष गरी खराब वित्तीय अवस्था भएको सोनापुरको सेयर मूल्य उचालिएको विषयलाई लिएर नेप्सेको आलोचना भएपछि ओपनिङ रेन्ज घटाउन नेप्सेलाई दबाब परेको नेप्से स्रोतले बतायो ।ओपनिङ रेन्ज नघटाउने हो भने यस्ता कम्पनीले लगानीकर्ता डुबाउन सक्छन् भन्ने व्यवस्थापनलाई लागेपछि ओपनिङ रेन्ज घटाउने प्रस्ताव बोर्डमा पेश भएको नेप्से स्रोतले बतायो ।
नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक माथिको प्रस्ताव राष..
काठमाडौं, भाद्र ५ गते । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को सा..
10 घन्टा पहिले
डा. राजेन्द्र विमलजीको बाल्यकाल : प्रतिभा, प्रकृतिप्रेम ..
दिपेश मल्लिक मेरा पिताजी स्व. रामचन्द्र मल्लिक ‘मास्टर साहेब’ र डा. राजेन्द्र विमल बालसखाका रूपमा रहनुभएको..
9 घन्टा पहिले
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमा..
काठमाडौं, भदाै ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान ..
1 दिन पहिले
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : ग..
काठमाडौं, भदाै ४: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्त..
1 दिन पहिले
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
काठमाडौँ , भाद्र ३ गते । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्..
2 दिन पहिले