Janakpurdham
Fri, Sep 19, 2025
`

खराब वित्तीय अवस्था भएका कम्पनीको सेयर मूल्य उचालिन थालेपछि आइपीओको ओपनिङ रेन्ज घटाउने तयारी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,माघ ८ गते ।  नेपाल स्टक एक्सचेन्जले आइपीओको पहिलो कारोबारका लागि दिने गरेको ओपनिङ रेन्ज (सुरुवाती मूल्य) घटाउने तयारी गरेको छ ।बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीले पनि आइपिओ जारी गर्ने र ती कम्पनीलाई तीन गुणासम्म ओपनिङ रेन्ज दिँदा केही समय सेयर मूल्य उचालिए पनि लगानीकर्ता जुनसुकै बेला फस्न सक्ने भन्दै ओपनिङ रेन्ज घटाउन नेप्से व्यवस्थापन समूहले सञ्चालक समितिलाई प्रस्ताव पेश गरेको छ ।विशेष गरी खराब वित्तीय अवस्था भएको सोनापुरको सेयर मूल्य उचालिएको विषयलाई लिएर नेप्सेको आलोचना भएपछि ओपनिङ रेन्ज घटाउन नेप्सेलाई दबाब परेको नेप्से स्रोतले बतायो ।ओपनिङ रेन्ज नघटाउने हो भने यस्ता कम्पनीले लगानीकर्ता डुबाउन सक्छन् भन्ने व्यवस्थापनलाई लागेपछि ओपनिङ रेन्ज घटाउने प्रस्ताव बोर्डमा पेश भएको नेप्से स्रोतले बतायो ।

अहिले नेप्सेले नेटवर्थको ३ गुणासम्म ओपनिङ रेन्ज दिँदै आएको छ । अब त्यसलाई घटाएर डेढ गुणादेखि २ गुणासम्म बनाउने गरी प्रस्ताव गरिएको हो ।नेप्से सञ्चालकले भने सेयर बजारमा असर पर्ने हो कि भन्दै पर्याप्त होमवर्क गरेर मात्र अघि बढ्ने जनाएको स्रोतले बताएको छ ।अर्कोतर्फ प्रिमियम मूल्य र बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गरेकाको हकमा आइपीओकै मूल्य वा फेस भ्यालुलाई मात्र कारोबार मूल्य दिने गरी छलफल भएको छ ।पछिल्लो समय अंकित मूल्यमा प्रिमियम थप गरेर सेयर जारी गर्ने कम्पनीहरूको होडबाजी नै देखिएको छ । यस्तै बुक बिल्डिङ प्रक्रियाबाट पनि सेयर जारी गर्न कम्पनीहरू अग्रसर देखिएका छन् ।
साभार : नेपाल प्रेस

`
12 comments
मधेशका मुख्यमन्त्री- पार्टीमा स्पष्टीकरण दिन्छु, मुख्य..

जनकपुरधाम,असोज २ गते ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सभामै आफूलाई परीक्षण गर्ने बत..

10 घन्टा पहिले

असाेज ३ लाई कालो दिनका रुपमा मनाउने संघीय मोर्चाको निर्ण..

काठमाडौं ,असोज २ गते । संघीय लोकतान्त्रिक मोर्चाले असाेज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ । संघीय लोकतान्त्रि..

10 घन्टा पहिले

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..

1 दिन पहिले

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

1 दिन पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

2 दिन पहिले