
के हो गुगल सर्चबारको टपमा देखिएको ‘लीप डे’ ?
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,फागुन १७ गते । गुगलले आफ्नो सर्च बारको टपमा भ्यागुताको एनिमेशन राखेर ‘लीप डे’ को शुभकामना दिएको छ । सन् २०२४ को फेब्रुअरी २९ का दिन बिहीबार गुगलले लीप डे शुभकामना दिएको हो ।
आखिर के हो लीप डे ?
गुगलका अनुसार लीप डे ग्रेगोरियन क्यालेन्डरमा एक दिन अतिरिक्त हुने वर्षका रूपमा मानिन्छ । हरेक ४ वर्षमा पर्ने लीप डेलाई ४ वर्ष बराबर एक लीपी वर्ष भन्ने गरिन्छ । ग्रेगोरियन क्यालेन्डर अनुसार सन् २०२४ को यस वर्षमा एक दिन अतिरिक्त थपिएर ३६५ बाट ३६६ दिन पुगेको छ ।
‘द वासिङ्टन पोष्ट’ का अनुसार लीप डेलाई सार्वजनिक बिदाका रूपमा लिइँदैन । तर, आयरल्यान्डमा महिलाहरू यस दिनमा आफ्ना साझेदारहरूलाई प्रस्ताव र प्रोत्साहन गर्ने गर्दछन् । भने, चीनका केहि भागहरूमा बालबालिकाहरूले आमाबुबालाई उपहार दिने गर्दछन् । यसका साथै लीप डे लाई केहि राष्ट्रहरुमा विवाहको लोकप्रिय दिन मानिने वासिङ्टन पोष्टले उल्लेख गरेको छ ।
लीप डे को अर्को तथ्य भनेको क्यालेन्डर वर्ष र पृथ्वीको घुम्ने कक्षबिचको मिसम्याच अर्थात् बेमेल मानिन्छ । रिपोर्ट अनुसार पृथ्वीलाई आफ्नो कक्षमा घुम्न एक वर्षामा ३६५ दिन लाग्छ यो सबैलाई थाहा भएकै कुरा हो । तर वास्तवमा एक वर्षमा पृथ्वीलाई एक वर्ष घुम्न ३६५ दिन ६ घण्टा लाग्ने गर्छ ।
हरेक वर्षको ६ घण्टालाई छुट्याउदै जाँदा ४ वर्षमा एक दिन अतिरिक्त हुन आउँछ । जसलाई लीप डे भनेर भन्ने गरिन्छ ।त्यस्तै, अब ४ वर्षपछि सिधै सन् २०२८ मा र सन् २०३२ मा लीप डे पर्ने छ ।
साभार : नेपाल प्रेस

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित
काठमाडौँ ,असार १८ गते । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकमा नेपालले एए..
13 घन्टा पहिले
छुरा प्रहार गरी ज्वाँइद्धारा ससुराको हत्या
जनकपुरधाम ,असार १८ गते । जनकपुरधाम उपमहानगरपालिकामा आफ्नै ज्वाँइद्धारा ससुराको हत्या भएको छ । जनकपुरधाम उप..
13 घन्टा पहिले
कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..
काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..
2 दिन पहिले
ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति
काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..
3 दिन पहिले
प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..
काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ। प्रतिनिधिसभा बैठ..
4 दिन पहिले