Janakpurdham
Sat, Mar 21, 2026
`

भारतीय लोकसभा निर्वाचनमा सेलिब्रेटी: काे काे जिते, काे काे हारे ?

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ २३ गते । भारतीय आमनिर्वाचन २०२४ को ५४३ वटै सीटको नतिजा सार्वजनिक भएको छ । यस पटक १५ जना सेलिब्रेटीले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जनाले जीतको झण्डा गाडेका छन् । विजेताहरूमा कंगना रनौत, हेमा मालिनी, शत्रुघन सिन्हा, रवि किशन, मनोज तिवारीलगायत छन्, तर भोजपुरी स्टार पवन सिंह र निरहुआ नराम्ररी पराजित भए ।

वरिष्ठ बलिउड अभिनेत्री हेमा मालिनी २ लाख ९३ हजार ४०७ मत ल्याएर विजयी भइन् । बलिउड कलाकार राज बब्बर र निरहुआ जस्ता कलाकार भने पराजित भए ।

सेलिब्रेटी उम्मेदवार, जसले जीतको झण्डा गाडे

१) ड्रीम गर्ल हेमा मालिनीले उत्तर प्रदेशको मथुरा क्षेत्रमा भारतीय जनता पार्टी (बीजेपी)बाट टिकट पाएकी थिइन् । उनले ५,१०,०६४ मत ल्याएर जीत निकालिन् । हेमाले निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता मुकेश धनगरभन्दा २,९३,४०७ मत बढी ल्याएकी थिइन् । कांग्रेस नेता मुकेशले भने २,१६,६५७ मत ल्याए ।

 

२) बलिउडकी अहिलेकी चल्तीकी नायिका कंगना रनौत पनि लोकसभा सांसद भइन् । रनौतले बीजेपीको तर्फबाट हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट ५,३७,०२२ मत ल्याएर चुनाव जितिन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता विक्रमादित्य सिंहभन्दा ७४,७५५ बढी मत ल्याइन् । कांग्रेस नेता विक्रमादित्यले ४,६२,२६७ मत ल्याए ।

 

३) बलिउडका पुराना नायक शत्रुघन सिन्हाले पश्चिम बंगालको आसनसोल क्षेत्रबाट निर्वाचन जितेका छन् । अल इन्डिया त्रिणमुल कंग्रेसको तर्फबाट सिन्हाले भाजपा नेता सुरेन्द्रजीत सिंह अहलुवालियालाई ५९,५६४ मतान्तरले पराजित गरेका छन् । शत्रुघन ६,०५,६४५ मत ल्याएर विजयी हुँदा अहलुवालियाले ५,४६,०८१ मत प्राप्त गरे ।

४) चर्चित टेलिभिजन शो रामायणमा रामको भूमिका निभाएका अभिनेता अरुण गोविल उत्तर प्रदेशको मेरठबाट विजयी भएका छन् । भाजपाको टिकटमा चुनाव लडेका अरुणले समाजवादी पार्टीकी नेतृ सुनिता वर्मालाई १०,५८५ मतान्तरले हराए । निर्वाचनमा अरुणले ५,४६,४६९ मत ल्याउँदा सुनिता ५,३५,८८४ मा रोकिइन् ।

५) अभिनेता तथा पार्श्व गायक सुरेश गोपीले केरलाको त्रिशूर क्षेत्रबाट चुनाव जितेका छन् । बीजेपीका उम्मेदवार उनले भारतीय कम्युनिष्ट पार्टीका नेता भीएस सुनिलकुमारलाई ७४,६८६ मतान्तरले हराएका हुन् । सुरेश गोपीले ४,१२,३३८ मत ल्याएर विजयी हुँदा सुनिलकुमार ३,३७,६५२ मतमा रोकिए ।

६) उत्तरपूर्वी दिल्ली क्षेत्रमा बीजेपीबाटै भोजपुरी संगीत क्षेत्रका चर्चित व्यक्ति मनोज तिवारीले कांग्रेस नेता कन्हैया कुमारलाई पराजित गरेका छन् । मनोजले कन्हैया कुमारलाई १,३८,७७८ मतान्तरले हराएका हुन् ।

७‍‍) बीजेपीकै तर्फबाट उत्तर प्रदेशको गोरखपुर क्षेत्रमा भोजपुरी स्टार रवि किशनले ५,८५,८३४ मतसहित विजयी भए । उनले समाजवादी पार्टीकी नेतृ काजल निषादलाई १,०३,५२६ मतान्तरले पराजित गरेका हुन् । काजलले ४,८२,३०८ मत ल्याएकी छन् ।

८) अभिनेत्री सयोनी घोष पश्चिम बंगालको जादवपुर क्षेत्रमा चुनाव लडेकी थिइन् । अल इन्डिया त्रिणमुल कंग्रेसबाट टिकट पाएकी उनले बीजेपीका नेता अनिर्बान गांगुलीलाई २,५८,२०१ मतान्तरले पराजित गरेकी छन् ।

९) बंगाली सिनेमाकी अभिनेत्री शताब्दी रोयले १,९७,६५० को मतान्तरले बीजेपी नेता देवतनु भट्टाचार्यलाई पराजित गरेकी छन् । अल इन्डिया त्रिणमुल कंग्रेसबाट पश्चिम बंगालको वीरभूमबाट चुनाव लडेकी थिइन् ।

१०) बंगाली अभिनेत्री रचना बनर्जी पनि पश्चिम बंगालको हुगली क्षेत्रबाट भारतको लोकसभा सांसदमा विजयी भएकी छन् । अल इन्डिया त्रिणमुल कंग्रेसबाट टिकट पाएकी उनले ७,०२,७४४ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी बीजेपीकी उम्मेदवार एवं अभिनेत्री तथा राजनीतिज्ञ लकेट चटर्जी ६,२५,८९१ मा रोकिइन् ।

११) बंगाली सिनेमामा देव भनेर चिनिने अभिनेता अधिकारी दीपकले पनि पश्चिम बंगालको घाटाल क्षेत्रमा चुनाव जितेका छन् । अल इन्डिया त्रिणमुल कंग्रेसबाट टिकट पाएका उनले ८,३७,९९० मत ल्याएर जीत हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी बीजेपीका नेता हिरण्मय चट्टोपाध्यायले ६,५५,१२२ मत प्राप्त गरे ।

सेलिब्रेटी उम्मेदवार, जो भए पराजित

१) बलिउडका वरिष्ठ अभिनेता राज बब्बरले हरियाणाको गुरगाउँबाट चुनाव लडेका थिए । भारतीय कंग्रेसबाट टिकट पाएका उनलाई बीजेपीका नेता राव इन्दरजीत सिंहले ७५,०७९ मतान्तरले पराजित गरे ।

२) भोजपुरी स्टार पवन सिंह बिहारको कराकट क्षेत्रमा १,०५,८५८ मतान्तरले पराजित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका पवन भारतीय कम्युनिष्ट पार्टी मालेका नेता राजाराम सिंहसँग पराजित भएका हुन् । राजारामले ३,८०,५८१ मत ल्याउँदा पवन २,७४,७२३ मा रोकिए ।

३) बीजेपीबाट चुनाव लडेका दिनेशलाल यादव निरहुआ १,६१,०३५ मतान्तरले समाजवादी पार्टीका नेता धर्मेन्द्र यादवसँग पराजित भए ।

साभार : नेपाल प्रेस

`
12 comments
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

20 घन्टा पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

20 घन्टा पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 दिन पहिले

गगन थापाको राजिनामा पत्रमा के छ ?

काठमाडौं, चैत ५ गते । बदलिएको कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको ..

2 दिन पहिले

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना ..

खोटाङ , चैत्र ४ गते । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबँेसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर ..

3 दिन पहिले