यी हुन् कांग्रेस विजयी भएको १८ ठाउँ, कहाँ कसले जिते?
1 दिन पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, ,मंसिर १८ गते । स्थानीय तह उपनिर्वाचनको मतगणना लगभग सक्किएको छ। अब एउटा गाउँपालिका उपाध्यक्ष र एउटा वडाको नतिजा आउन बाँकी छ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि मतगणना जारी छ। त्यस्तै उदयपुरको बेलका नगरपालिका-९ मा पनि मतगणना हुन बाँकी छ।
बाँकी स्थानको परिणाम आइसकेको छ।
उपनिर्वाचन भएको ४४ ठाउँमध्ये कांग्रेसले दुई जिसस प्रमुख, एक मेयर र १५ वडाध्यक्ष जितेको छ।
कैलाली र ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका उम्मेदवारहरू यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
मेयरका लागि उपनिर्वाचन भएको एकमात्रै नगरपालिका कीर्तिपुर नगरपालिका कांग्रेसले जोगाएको छ।
२०७९ मा कांग्रेसले जितेको कीर्तिपुरको मेयर यसपालि पनि कांग्रेसकै कृष्णमान डंगोल निर्वाचित भएका छन्। उनले ५ हजार ३३४ मत पाउँदा माओवादीका शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याए। त्यस्तै एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ , स्वतन्त्र उम्मेदवारहरू राजमान महर्जनले २ हजार ३६, कविकुमार महर्जनले १ हजार ३१४ र दिनेशकुमार अधिकारीले १ हजार ४८ मत ल्याए।
कीर्तिपुरमा माओवादी केन्द्रलाई एकीकृत समाजवादीले सघाएको थियो।
कीर्तिपुरमै उपनिर्वाचन भएको दुई वडा पनि कांग्रेसले जितेको छ। कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन ५६३ मत ल्याएर विजयी भए। एमालेका हर्ष महर्जनले ४९८ र माओवादीका सरलगोपाल महर्जनले १७३ मत ल्याए। यहाँ २०७९ मा कांग्रेसकै हिरालाल महर्जन ७७८ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका थिए।
कीर्तिपुर-४ को वडाध्यक्षमा कांग्रेसकै राजेन्द्र बानियाँ ७४२ ल्याएर विजयी भए। यहाँ स्वतन्त्र पविता खड्का अधिकारीले ४९५, माओवादीका नारायण विष्टले २८७ र एमालेका बद्री बुढाथोकीले १५४ मत ल्याए। यसअघि स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले १३८० मत पाएर निर्वाचित भएका थिए।
तेह्रथुमको लालीगुँरास नगरपालिका-८ को वडाध्यक्षमा कांग्रेसका नगेन्द्र लिम्बू ४४० मतसहित निर्वाचित भएका छन्। एमालेका बुद्धबहादुर लिम्बूले ३६० मत ल्याएर पराजित भए। यहाँ २०७९ मा कांग्रेसकै तेजमान लिम्बू ५२४ मतसहित निर्वाचित भएका थिए।
सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्षमा कांग्रेसका तेतर साहु ८१६ मतसहित निर्वाचित भए । यहाँ माओवादीका कुशेश्वर खेरवारले ७९४ र एमालेका शन्तु उरावले ७७० मत पाए। गढी-६ यसअघि एमालेका सदानन्द उराँव झागर ७१२ मतसहित निर्वाचित भएका थिए।
रौतहटको इशनाथ नगरपालिका-७ को वडाध्यक्षमा काग्रेसका शेख अब्दुल खलिक ६२७ मत ल्याउँदै विजयी भए। एमालेका शेख अनवार ५७५ र एकीकृत समाजवादीका सदरे आलमले ५७५ मत पाए। यहाँ यसअघि एमालेका शेख खलीउल्लाह ६८३ मतसहित निर्वाचित भएका थिए।
रौतहटको राजपुर नगरपालिका-६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम ७४४ पाउँदै निर्वाचित हुँदा माओवादीका जिकरुलाहले ४६३ तथा एमालेका मोहम्मद नसिम अख्तरले ४३१ मत ल्याए । यसअघि यहाँ कांग्रेसकै शेख मोजरे आलम ५३४ मत ल्याएर विजयी भएका थिए।
गुल्मीको मुसीकोट नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठ ११८४ मत ल्याएर निर्वाचित हुँदा एमालेका दलबहादुर थापाले ९३० र माओवादीका दुर्गाबहादुर विकले १४३ मत ल्याए। मुसीकोट-१ मा यसअघि कांग्रेसकै मोहन घिमिरे ११८२ मतसहित वडाध्यक्ष निर्वाचित भएका थिए।
रोल्पाको रून्टीगढी गाउँपालिका-४ मा कांग्रेसका भुपमणी पुन मगर ६४३ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन्। यहाँ एमालेका वेगम पुनले ५३५ र माओवादीका नरेशजंग सिंहले ७० मत ल्याए। यसअघि कांग्रेको टंकबहादुर पुन ४८८ सहित वडाध्यक्ष निर्वाचित भएका थिए।
बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मा कांग्रेसका अमिन थारू १०४३ मतसहित वडाध्यक्ष निर्वाचित भए। यहाँ माओवादीका सेरबहादुर थारूले ६७८ र एमालेका विष्णुप्रसाद देवकोटाले ३३७ मत ल्याए। यसअघि कांग्रेसकै सूर्यबहादुर विष्ट १२०९ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका थिए।
जाजरकोटको कुसे गाउँपालिका-७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर वडाध्यक्ष निर्वाचित भए। माओवादी केन्द्रका गोरख बहादुर नेपालीले ३३२ र एमालेका डम्बरबहादुर घर्तीले २५२ मत पाए। यो ठाउँ २०७९ मा माओवादीका मनबहादुर घर्तीले ३८० मत ल्याएर वडाध्यक्ष जितेका थिए।
रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्षमा कांग्रेसका मोतीराम खत्री ५९० मत पाउँदै निर्वाचित भए। यहाँ माओवादीका जसीराम बस्नेतले ५३७ मत ल्याए। यसअघि २०७९ मा कांग्रेसकै अलबहादुर खत्री ४६२ मत ल्याएर निर्वाचित भएका थिए।
बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा कांग्रेसका धिरेन्द्र पुजारा ६५७ ल्याएर निर्वाचित हुँदा एमालेका लखीचन्द्र बोहराले ४८७ र माओवादीका पुस्करबहादुर बोहराले १७ मत पाए। यसअघि एमालेका सर्जनबहादुर बोहराले ६२९ मत पाएर निर्वाचित भएका थिए।
डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा ४६८ मतसहित निर्वाचित भए। यहाँ एमालेका देवबहादुर थापाले ३०१ र रास्वपाकी जानकी कुमारी खड्काले ३१ तथा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत पाए।
२०१९ मा पूर्वीचौकी-६ मा कांग्रेसकै पुष्पराज जोशी ५१३ मतसहित वडाध्यक्ष निर्वाचित भएका थिए।
दार्चुलाको दुहु गाउँपालिका-५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मत ल्याएर निर्वाचित हुँदा एमालेका मानसिंह बडालले ३५८ र माओवादीका वीरसिंह कार्कीले ९८ मत पाए। यसअघि माओवादी केन्द्रका मनोरथ भट्ट ५८२ मतसहित निर्वाचित भएका थिए।
कञ्चनपुरको भिमदत्त नगरपालिका-६ वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द ११०७ मत पाएर निर्वाचित भए। यहाँ एमालेका बहादुर चन्दले ४८७, राप्रपाका सुसिलकुमार भट्टले ३६९, एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्दले २२५ र माओवादीका नानाराम कोलीले १२२ मत पाएका थिए।
यसअघि कांग्रेसका महेन्द्र खड्का ११०२ मत ल्याएर निर्वाचित भएका थिए।
साभार ः काठमाडौं प्रेस
नालामा डुबेर युवतीको मृत्यु भएको घटनाबारे छानबिन समिति ..
जनकपुरधाम, मंसिर १९ गते । सिरहाको मिर्चैया नगरपालिका–५ मा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाब..
5 घन्टा पहिले
नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्..
काठमाडौं, मंसिर १८ गते । चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । प्रधानमन्त्री कपी शर्मा ओल..
6 घन्टा पहिले
त्रेता युगको झल्को दिनेगरी जनकपुरधाममा गरियो धनुष यज्ञ, ..
जनकपुरधाम, मंसिर १८ गते ।। साताव्यापी सीता-राम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज ‘धनुष यज्ञ’ मनाइएको छ । रंगभू..
6 घन्टा पहिले
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता
काठमाडौँ, मंसिर १८ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपच..
1 दिन पहिले
यी हुन् कांग्रेस विजयी भएको १८ ठाउँ, कहाँ कसले जिते?
काठमाडौं, ,मंसिर १८ गते । स्थानीय तह उपनिर्वाचनको मतगणना लगभग सक्किएको छ। अब एउटा गाउँपालिका उपाध्यक्ष र एउटा ..
1 दिन पहिले