
कानुन समितिमा विवाह गर्ने उमेरबारे बहस
2 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं , चैत १० गते । प्रतिनिधिसभा, न्याय, कानुन तथा मानव अधिकार समितिमा विवाहसम्बन्धी २० वर्ष उमेर पुग्नुपर्ने भन्ने हालको प्रावधान संशोधन गरिनुपर्ने माग उठेको छ ।
समितिको आजको बैठकमा सांसदहरु नागिना यादव, रञ्जुकुमारी झा, पूर्णबहादुर घर्तीलगायतले विवाहसम्बन्धी हालको व्यवस्था व्यावहारिक नभएको उल्लेख गर्दै त्यसलाई संशोधन गरी १८ वर्ष कायम राख्न उपयुक्त हुने सुझाव दिए।
समितिका सदस्य नागिना यादवले कानुनले विवाहको उमेर २० वर्ष भने पनि सामाजमा व्यावहारिक अभ्यासका रुपमा कतिपयको त्यसअघि भइरहेको बताए । उनले भनिन् ‘उमेरमा विवाह गर्न पाउनुपर्ने स्वतन्त्रता र अधिकार हो । हालको उमेरको हद अव्यावहारिक भयो, यो व्यावहारिक हुनुपर्छ । नागरिकताको प्रमाणपत्र प्राप्ति १६ वर्षमा, प्रहरीजस्तो जोखिम व्यहोर्नुपर्ने सङ्गठनमा भर्ना १८ वर्षमा हुन्छ भने विवाह किन हुन्न । विवाहको उमेर १८ वर्ष गरिनै पर्छ ।’
विवाहसम्बन्धी उमेर घटाइनुपर्छ भन्ने कुनै सांसद र संसद्को माग नभई समाजबाट उठाइएको विषय भएको उल्लेख गर्दै सदस्य यादवले भनिन्, ‘१८ वर्ष पुगेका युवायुवतीबीचको प्रेम सम्बन्धबाट जन्मिएका सन्तानको जन्मदर्तालगायतमा समस्या परिरहेको छ, यसैकारण ठूलै सङ्ख्या युवा जेलमा पुगिरहेका छन् । अन्तरराष्ट्रिय अभ्यास पनि १८ वर्ष नै देखिन्छ । ’
समितिका सदस्य ध्रुवबहादुर प्रधानले सजाय दिएर वा सुधार केन्द्रमा राखेर मात्र कतिपय समस्या समाधान हुन नसक्ने तर्क प्रस्तुत गर्दै विवाहको उमेरसम्बन्धी जोडिएर आएको प्रश्नबारे पुनःविचार गर्नुपर्ने बताए ।
अर्का सदस्य सुशीला थिङले युवाहरु जेल जानमा विवाह हो कि कानुन दोषी हो भनी प्रश्न गर्दै कानुनमा व्यवस्था भए पनि त्यस्तो विवाहपछि जन्मिएका सन्तान जन्मदर्ता गर्नबाट बञ्चित हुन परिरहेको घटना सुनाीइन्।
सदस्य रामकुमार राईले राज्यका हरेक क्षेत्रमा भर्ना हुन १८ वर्षको उमेरलाई आधार मानिएपछि विवाहका लागि २० वर्ष कायम गर्न आवश्यक नरहेको तर्क गरे ।
सांसद पूर्णबहादुर घर्तीले विवाहसम्बन्धी हालको प्रावधान नेपाली समाज, शिक्षाको अवस्था र समाजलाई बुझ्न नसकेको परिस्थितिबाट आएको हुनुपर्ने अनुमान गरे ।
सदस्य जीवन परियारले विवाहसम्बन्धी हालको प्रावधानको दुरुपयोग गर्दै कतिपयले अन्तरजातीय विवाहलाई अस्वीकार गर्दै अपहरण, जबर्जस्तीकरणी र शरीर बन्दजस्ता मुद्दामा युवालाई दुःख दिने काम भएको बताए ।
सांसदहरुले उठाएको प्रश्नको जवाफमा बैठकमा गृहमन्त्री रमेश लेखकले बालविवाहसम्बन्धी ऐन संशोधनका क्रममा रहेकाले विवाहको उमेरसम्बन्धी प्रवधान सुधार गरी जान सकिने बताएका छन् ।
उनले भने, ‘यो विषय अत्यन्त गम्भीरताकासाथ सोच्न आवश्यक छ । यसको रोमियो एण्ड जुलियट विचारधारा पनि छ । उमेर घटनाउने कि रोमियो अवधारणा कार्यान्वयनका लागि ऐन संशोधन गर्ने भन्ने कोणबाट छलफल गर्न सकिन्छ । यसमा छलफलका लागि सरकार खुला छ ।’
कानुनमन्त्री अजयकुमार चौरसियाले विवाहसम्बन्धी उमेर र त्यसको उल्लङ्घन गरेको गरिने दण्डसजायसम्बन्धी नयाँ प्रावधान समेटिएको केही समयभित्र संसद्मा विधेयक प्रस्तुत हुने जानकारी दिए ।
उनले भने,‘विवाहको उमेरका सम्बन्धमा विभिन्न भनाइ आएका छन्, हालको व्यवस्था प्रजनन अधिकार र मातृस्वास्थ्यसँग जोडिएको छ । सरकार विभिन्न कोणबाट उठेको सबै आवाजकाबारे छलफल गर्न तयार छ ।’
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, सुरक्षा निकायका भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिन र थुनामा रहेका नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताए ।
साभार ः नेपाल प्रेस

देशभर चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं, जेठ १० गते । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएक..
2 घन्टा पहिले
भूमि विधेयकबारे कांग्रेसले भन्यो- केही बुँदाहरूमा संशो..
काठमाडौं, जेठ ९ गते । सत्तारुढ दल नेपाली कांग्रेसले भूमि विधेयकका केही बुँदाहरू संशोधन गर्नुपर्ने निष्कर्ष ..
3 घन्टा पहिले
मधेशमा अपराधको मुख्य जड बन्यो लागूऔषध : गृहमन्त्री लेखक
जनकपुरधाम, जेठ ९ गते । गृहमन्त्री रमेश लेखकले लागूऔषधकै कारण मधेशमा अपराध बढेको तथा सुरक्षा चुनौती थपिएको बताए..
3 घन्टा पहिले
हरवाचरवाको माग समेट्न माग: मुक्त हरवाचरवा मंचको सरकारला..
जनकपुरधाम, जेठ ९ गते । मुक्त हरवाचरवा अधिकार मंचले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गर्ने ..
3 घन्टा पहिले
जनमत पार्टीले मधेस सरकारबाट दुई मन्त्रीलाई फिर्ता बोला..
काठमाडौं, जेठ ८ : जनमत पार्टीले मधेस सरकारका दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सिके राउत नेतृ..
2 दिन पहिले