विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
7 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्। सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरुमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथीको हस्तक्षेप भएको बताएका छन्।
विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्तता माथी नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ। ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यो धृष्टतामा उपकुलपतिहरुले कसरी हस्ताक्षर गरे होलान् भनी प्रश्न गरेका छन्।
‘पञ्चायती निरङकुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूह्रुले कसरी हस्तक्षर गर्न सक्नु भयो होला?,’ उनले भनेका छन्।
विद्यार्थी आन्दोलनमा केही समस्या देखिएको,मुलमुद्धाबाट दायाँबायाँ भएको तर शैक्षिक गुणस्तर वृद्धिका लागि क्याटलिस्ट बन्नुपर्नेमा मुल मुद्दाबाट बरालिए पनि संगठनलाई निषेध गर्नु समाधान नभएको उनको तर्क छ।
‘विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान होइन । समाधान त उनीहरुसँग संवाद,रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रुपान्तरण हो’ ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् ‘के तपाईं कपालमा चाया पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ?’
साभार: काठमाडौं प्रेस
मधेश प्रदेशका मन्त्रालयकाे वेबसाइट अपाङ्गतामैत्री बनाà..
जनकपुरधाम, मंसिर ७ गते । अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना तथा सञ्चारको समान पहुँचबाट वञ्चित हुन नदिन मधेश प्रदे..
1 घन्टा पहिले
अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : सांसद à¤..
जनकपुर, मंसिर ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या जनकपुरधाम रेल सेवाले ठूलो अवसर सृजना गरे..
5 घन्टा पहिले
नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्..
नयाँदिल्ली, मंसिर ७ : नेपाल र भारतबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्à¤..
5 घन्टा पहिले
जनज्योति बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न, आरà¥..
जनकपुरधाम, मंसिर ६ गते । धनुषाको हंसपुर नगरपालिकामा वित्तीय क्षेत्रमा क्रियाशील रहेको जनज्योति बचत तथा ऋण सहकà¤..
1 दिन पहिले
४२औँ मिथिला विभूति स्मृति पर्व समारोह बेनीपट्टीमा सम्पà¤..
बेनीपट्टी, मधुबनी, मंसिर ६ गते । मिथिलाञ्चल विकास संस्थान, बेनीपट्टीको आयोजनामा ४२औँ मिथिला विभूति स्मृति पर्व सà¤..
1 दिन पहिले
-
अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : सांसद झा
-
नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य
-
जनज्योति बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न, आर्थिक सूचकमा उल्लेखनीय प्रगति
-
४२औँ मिथिला विभूति स्मृति पर्व समारोह बेनीपट्टीमा सम्पन्न, अमन साह र रिणा यादवलाई ‘मिथिला गौरव सम्मान’