अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : सांसद झा
9 मिनट पहिले प्रकाशित
Esandhyakalin
जनकपुर, मंसिर ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या जनकपुरधाम रेल सेवाले ठूलो अवसर सृजना गरेको धारणा राखेका छन्।
धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद झाले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोस्ट गर्दै ‘सिया बिन राम अधुरा’ भन्ने उख्खानबारे चर्चा गरे।
उनले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रुपमा उद्घाटन गरेको अयोध्या जनकपुरधाम सरयू कमला एक्सप्रेस रेलले माता सीता र भगवान रामलाई जोड्ने ऐतिहासिक कार्य गरेको बताएका छन् । सांसद झाले यस रेल सेवाले दुबै देशबीचको पौराणिक र एतिहासिक सम्बन्धलाई थप प्रगाढ तुल्याएको धारणा राखेका छन्।
सांसद झाले अयोध्या जनकपुरधाम रेल सेवाले धनुषावासीलाई ठूलो अवसर सृजना गरेको उल्लेख गरेका छन्।
धनुषालगायतका क्षेत्रमा आर्थिक र पर्यटन क्षेत्रको विकासमा यस रेल सेवाले ठूलो भूमिका निर्वाह गर्ने सांसद झाको भनाई छ। उनले दुबै देशका प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरेका छन्।
अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवाको उद्घाटन प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार गरेका छन्।
भोली(मंगलबार) विहान ९ः३० बजे सो रेल जनकपुरधाम आइपुग्ने समयतालिका छ । पहिलो पटक आउन लागेको यस रेलमा सवार ११०० यात्रुको स्वागतका निम्ति जनकपुरधाममा विशेष कार्यक्रमहरुको आयोजना गरिएको छ ।
साभार ः काठमाडौं प्रेस
अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : सांसद à¤..
जनकपुर, मंसिर ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या जनकपुरधाम रेल सेवाले ठूलो अवसर सृजना गरे..
9 मिनट पहिले
नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्..
नयाँदिल्ली, मंसिर ७ : नेपाल र भारतबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्à¤..
10 मिनट पहिले
जनज्योति बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न, आरà¥..
जनकपुरधाम, मंसिर ६ गते । धनुषाको हंसपुर नगरपालिकामा वित्तीय क्षेत्रमा क्रियाशील रहेको जनज्योति बचत तथा ऋण सहकà¤..
24 घन्टा पहिले
४२औँ मिथिला विभूति स्मृति पर्व समारोह बेनीपट्टीमा सम्पà¤..
बेनीपट्टी, मधुबनी, मंसिर ६ गते । मिथिलाञ्चल विकास संस्थान, बेनीपट्टीको आयोजनामा ४२औँ मिथिला विभूति स्मृति पर्व सà¤..
1 दिन पहिले
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त
जनकपुर, मंसिर ५ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमा र यादव नियà..
2 दिन पहिले
-
नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य
-
जनज्योति बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न, आर्थिक सूचकमा उल्लेखनीय प्रगति
-
४२औँ मिथिला विभूति स्मृति पर्व समारोह बेनीपट्टीमा सम्पन्न, अमन साह र रिणा यादवलाई ‘मिथिला गौरव सम्मान’
-
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त