प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?
2 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गरेका छन्। साथै उनले कोशी नदीको कटान नियन्त्रणका लागि तत्काल कदम चाल्न र बलात्कारका दोषीलाई निर्मम सजाय दिनुपर्ने माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको भ्रमण निजी भ्रमण हुन नसक्ने बताएका हुन्।
‘प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा जानुभएको छ भन्ने आएको छ। प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन। यो कुरा हेक्का राख्नुपर्छ। प्रधानमन्त्री एक्लै जानुभएको हैन । उहाँसँग सरकारी सुरक्षा संयन्त्र आफैँ अटोमेटिकली सक्रिय भएर जाने गर्छ। उहाँ निजी जानुभएको, मन्त्रिपरिषद्लाई, संसद्लाई सूचना नदिई जानुभएको। के खान जानुभएको ? हावा थिएन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले । के चाख्न जानुभएको हो अहिले, त्यो पनि भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ,’ उनले भने।
सांसद राईले विपद्का कारण मुलुक आक्रान्त भइरहेका बेला सुनसरीको बराहक्षेत्रमा कोशी नदीको कटानबाट खेतीयोग्य जमिन नष्ट भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले कोशी ब्यारेजका ५६ वटा ढोका नखोलिँदा बाढीका समयमा समस्या बढिरहेको दाबी गर ।
उनले भने, ‘विपद्ले मुलुक आक्रान्त छ । सुनसरीको बराहक्षेत्रमा कोशी कटानले गर्दा त्यहाँ विघौँ–विघा खेतीयोग्य जमिन काटिएर नाश भइरहेको छ । त्यसतर्फ सरकारले के गर्नुपर्ने हो, तुरुन्त गर्नुपर्छ । त्यसको मूल कारण मैले बुझ्दा कोशी ब्यारेजका ५६ वटा ढोका जुन हामीले बन्द गरेर राख्छौँ । त्यो ५६ वटा खोल्ने साँचो कोसँग छ ? त्यो किन नखोल्ने ? जहिले पनि बाढीपहिरो आउँछ, सप्तकोशीलाई थुनेर राखेर सालैपिच्छे हाम्रो खेतीयोग्य जमिन डुबान हुने गरेको छ । यसतर्फ सरकारले तुरुन्तै एक्सन लिनुपर्छ ।’
त्यस्तै, उनले कानुनको कमजोरीको फाइदा उठाउँदै अपराधीहरू खुलेआम हिँड्ने गरेको आरोप लगाए । नाबालिकामाथि हुने बलात्कार र हत्याका घटनाप्रति गम्भीर बन्न आग्रह गर्दै बलात्कारसम्बन्धी कानुनी व्यवस्थालाई स्पष्ट पार्नुपर्ने र दोषी प्रमाणित भएकालाई कडा सजाय दिनुपर्ने बताए ।
साभार ः काठमाडौं प्रेस
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
13 घन्टा पहिले
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..
13 घन्टा पहिले
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
2 दिन पहिले
शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..
काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..
2 दिन पहिले
मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..
3 दिन पहिले