अयोध्या–जनकपुर रेलसँगै हवाई सेवा पनि सञ्चालन गर्न मुख्यमन्त्री यादवको आग्रह
31 मिनट पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, मंसिर ८ गते । अयोध्या र जनकपुरधामबीच धार्मिक तथा पर्यटकीय सम्बन्ध थप विस्तार गर्न मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रेल सेवासँगै हवाई सेवा पनि सञ्चालन गर्न आग्रह गरेका छन् । मंगलबार अयोध्या–जनकपुरधाम साप्ताहिक रेल सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष दुवै धार्मिक नगरीबीच सीधा हवाई सम्पर्क स्थापना गर्न पहल गर्न आग्रह गरेका हुन् । केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणले रेल सेवा सञ्चालनको आधार तयार गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले दुवैप्रति आभार व्यक्त गरे । उनले सीमावर्ती भारतीय नागरिकलाई २४ घण्टासम्म भन्सार छुटको व्यवस्था गर्नसमेत माग गरे । भारतीय नम्बर प्लेटका सवारीसाधनमार्फत ठूलो संख्यामा भारतीय नागरिक जनकपुरधाम आउने भएकाले यस्तो सुविधा आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले अयोध्या–जनकपुर रेल सम्पर्कले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । रेल सेवाले दुवै धार्मिक नगरीको पर्यटन व्यवसाय विस्तार गर्नुका साथै स्थानीय नागरिकको आर्थिक समृद्धिमा समेत योगदान पुर्याउने उनको विश्वास छ । भगवान् रामको दर्शनपछि माता सीताको जन्मभूमि जनकपुरधाम पुगेर धार्मिक यात्रा पूरा गर्ने श्रद्धालुहरूको चाहना अब सहज हुने उल्लेख गर्दै उनले यसबाट अयोध्या र जनकपुरधाम दुवै क्षेत्रका नागरिक लाभान्वित हुने बताए ।
अयोध्या–जनकपुर रेलसँगै हवाई सेवा पनि सञ्चालन गर्न मुख्à¤..
जनकपुरधाम, मंसिर ८ गते । अयोध्या र जनकपुरधामबीच धार्मिक तथा पर्यटकीय सम्बन्ध थप विस्तार गर्न मधेश प्रदेशका मुख..
31 मिनट पहिले
सुनकोसी–मरिणको ठेक्का रद्द भए मधेस आन्दोलित हुन मनिष झाà..
काठमाडौं, मंसिर ८ : सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेश आन्दोलित हुने चेतावनी राष्ट्रिय स्वतन्त..
35 मिनट पहिले
मधेश प्रदेशका मन्त्रालयकाे वेबसाइट अपाङ्गतामैत्री बनाà..
जनकपुरधाम, मंसिर ७ गते । अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना तथा सञ्चारको समान पहुँचबाट वञ्चित हुन नदिन मधेश प्रदे..
20 घन्टा पहिले
अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : सांसद à¤..
जनकपुर, मंसिर ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या जनकपुरधाम रेल सेवाले ठूलो अवसर सृजना गरे..
1 दिन पहिले
नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्..
नयाँदिल्ली, मंसिर ७ : नेपाल र भारतबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्à¤..
1 दिन पहिले