अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ स् केपी ओली
3 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदाै २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्।
आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू लामो समयदेखि संघर्ष गर्दै आएको बताए।
‘मैले देख्दा त अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ। छापामार एकै लाइनमा होइन है। छापा मार सरकार,’ उनले भने।
ओलीले प्रेस तथा पत्रकारिताको विकास लामो संघर्षपछि भएको उल्लेख गर्दै छापा माध्यमलाई पुरानो वा अप्रासंगिक ठान्न नहुने बताए। उनका अनुसार छापा माध्यममा प्रकाशित सामग्री तत्काल मेटाउन नसकिने भएकाले यसको आफ्नै महत्व रहेको छ।
उनले भने, ‘यो छापा पत्रकारिता एउटा लाग्न सक्छ मान्छेलाई कि यो अब आउटडेटेड भयो भनेर। योभन्दा पछि नयाँ सजिला विधि–तरिकाहरू, छिटा–छिटो गर्ने विधि–तरिकाहरू निस्किए होलान्। तर, यो चाहिँ यस्तो एउटा दस्तावेज हो, लेख्ने मान्छेले पनि होसियार भएर लेख्न पर्छ। किनभने यो एकछिनपछि ‘डिलिट गर्छु, अलिकति विरोध आयो डिलिट गर्छु’ भनेर डिलिट हुँदैन यो। यो चाहिँ छापामा बस्छ।’
उनले नेपालमा प्रेस तथा पत्रकारिताको इतिहास संघर्षसँग जोडिएको बताए। राणा शासनको समयमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकार, लेखक तथा साहित्यकारहरूले ठूलो जोखिम उठाएको उल्लेख गर्दै ओलीले स्वतन्त्रताको पक्षमा भएको संघर्षलाई निरन्तरता दिनुपर्ने बताए।
उनले भने, एउटा कविता लेख्दाखेरी मान्छे १८ वर्ष जेल थुनिन्थ्यो, शास्त्रका कुरा वाचन गर्दा त्यही शास्त्रको कुरा वाचन गर्दा फाँसी खान्थ्यो। त्यो समयबाट हामी अगाडि बढेका हौँ। संघर्षको बाटो अगाडि बढ्यौँ।’
ओलीले अहिलेको समयसम्म आइपुग्न प्रेस जगतले लामो संघर्ष गरेको बताए। उनले स्वतन्त्रताविरोधी तथा प्रतिगामी कदम लामो समय टिक्न नसक्ने दाबीसमेत गरे।
उनले भने, ‘यो अहिलेको कुरा भनेको जनचेतना जुन स्तरमा पुगेको छ, यसको प्रभाव जहाँ पुगेको छ, यसको ऐतिहासिक महत्त्व मान्छेले जति बुझेका छन्, यस स्थितिमा अब लामो समय रोक्न सकिँदैन।’
उनले सञ्चार क्षेत्रका प्रतिनिधिहरूलाई आफ्नो आवाज निरन्तर उठाउन आग्रह गर्दै एमालेले उनीहरूको मागमा पूर्ण समर्थन गर्ने बताए।
‘त्यसकारण तपाईंहरूको यो आवाज सही छ, यसलाई निरन्तरता राख्नुस्। प्रदीप ज्ञवालीजीले व्याख्यासहित भन्नुभयो, हाम्रो पूर्ण समर्थन छ, हामी साथ दिन्छौँ,’ उनले भने।
ओलीले सञ्चार क्षेत्रको स्वतन्त्रताको सवाल एमालेका लागि पनि महत्वपूर्ण विषय भएको बताए। आफूहरू स्वतन्त्रताको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले पत्रकार तथा सञ्चारकर्मीको आन्दोलनमा पार्टीको साथ रहने बताए।
उनले भने, ‘यो तपाईंहरूको मात्रै अहिले तपाईंहरू त्यो जबमा, त्यो पेसामा हुनुहुन्छ त्यसकारण तपाईंहरूलाई सरोकार जस्तो लाग्छ। हाम्रो त उद्देश्य नै त्यही हो, गन्तव्य नै त्यही हो, हाम्रो त कामै त्यही हो, हाम्रो ड्युटी नै त्यही हो।’
ओलीले स्वतन्त्रताको पक्षमा भएको संघर्षमा आफूहरूले जेलनेल, पिटाइ तथा यातनासमेत भोगेको उल्लेख गरे। उनले सञ्चारकर्मीहरूलाई आफ्नो संघर्षमा विश्वस्त भएर अघि बढ्न आग्रह गरे।
उनले भने, ‘हामी लड्या छौँ, हामी जेलनेल खट्या छौँ, हामीले पिटाई–छुटाई खाएका छौँ, यातना भोग्या छौँ स्वतन्त्रताको लडाइँमा।’
उनले सत्यको पक्षमा रहेर अघि बढ्दा अन्ततः सफलता प्राप्त हुने दाबी गरे।
साभार ः काठमाडौं प्रेस
अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ स् केपी ओली
काठमाडौं, भदाै २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पण..
3 घन्टा पहिले
आजदेखि तीज पर्व शुरु, व्रत बस्ने शक्तिका लागि दर खाने तया..
काठमाडौँ, भदौं २८ : हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाए..
3 घन्टा पहिले
सरकार पूर्ण असफल भइसक्यो : डा. सिके राउत
जनकपुर, भदाै २७ : जनमत पार्टी अध्यक्ष डा.सिके राउतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन्। अग्रगामी ..
24 घन्टा पहिले
दुई तिहाइको सरकार स्वायत्त निकायहरू समाप्त गर्नतर्फ ला..
काठमाडौं, भदाै २७ : नेपाल बार एशोसिएशनका अध्यक्ष डा। विजयप्रसाद मिश्रले मुलुकको फौजदारी न्याय प्रशासनप्रति गम्भ..
24 घन्टा पहिले
कांग्रेस महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा
काठमाडौं, भदाै २६ : नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक..
2 दिन पहिले