आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिनुहोस् : प्रधानमन्त्री
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असोज १४ : प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे।
‘तपाईंहरु आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीतिनिर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ प्रधामन्त्रीले भने।
उनले सांसदहरुलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए। प्रधानमन्त्री शाहले निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गरे।
छलफलका क्रममा उपस्थित सांसदहरूलाई ‘एक्स्ट्राअर्डिनरी’ मानिस भएको उल्लेख गर्नुहुँदै ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले कहिल्यै पनि घटना र व्यक्तिप्रधान कुरा नगर्ने बताए।
छलफलमा प्रधानमन्त्रीका पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरु तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा. राम लामाको उपस्थिति थियो।
साभार ः काठमाडौं प्रेस
आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिनुहोस् : पà..
काठमाडौं, असोज १४ : प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आà¤..
1 घन्टा पहिले
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी विस्ताà¤..
काठमाडौं,असाेज १४ : सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न यसै वर्ष दà¥..
1 घन्टा पहिले
अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्याउनेहरूले प्रधानमनà¥..
काठमाडौं, असाेज १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको ..
1 दिन पहिले
दुई दिनपछि सर्यो कांग्रेसको १५औँ महाधिवेशन
काठमाडौं, असोज १३ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ। महाधिवेशन यही असोज १८ गतेका लागि सारिà..
1 दिन पहिले
एनपीएलअघि एक्सट्रीमको अभियान, कीर्तिपुरमा सात टोलीका लà¤..
काठमाडौं, असोज १२ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम इनर्जी ड्रà¤..
2 दिन पहिले