एमाले जिल्ला कमिटी सदस्य पशुपालन व्यवसायमा रमाउँदै
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
भाद्र ५, तामाकोशी ।
नेकपा एमाले जिल्ला कमिटी रामेछापका सदस्य हाल पशुपालन पेशामा रमाउनु भएको छ । मन्थली नगरपालिका वडा नम्बर १३ देविटारमा पालुवा कृषि तथा पशुपालन फर्म खोलेर आफ्नो पेशामा खटिरहनु भएको देखिन्छ ।
विगत लामो समय होटल लाइनमा काम गर्नुभएका पुरी हाल यो पेशामा रमानुभएको हो । होटल लाइनमा काम गर्दै गर्दा पनि होटल मजदुर युनियनमा रहेर काम गरेको उहाँको भनाई छ । हिमाल पावर लिमिटेडमा दश बर्ष काम गनुभएका पुरीले त्यहाँपनि मजदुरको हकहितका लागि नेतृत्व गरिरहनु भएको थियो । करिव लामो समयको संर्घष पछि आन्दोलन सफल भएको उहाँ बताउँनु हुन्छ ।
पुरीले नेपाल टे«ड यूनिएन महासंघ जिल्ला कमिटी जिफन्ट दोलखाको दुई बर्ष अध्यक्ष पदमा रही काम गर्नुभएको थियो । दुई बर्षको कार्यकालमा मजदुरको लागि केही सुधारको काम गरेको पुरीको भनाई छ । नेपालको राजनीतिको बारेमा चासो राख्दा पार्टीमा गरेको योगदानको खुला बहस गर्नुहुन्छ । हालको राजनैतिक परिस्थिति उहाँलाई मन परेको छैन । उहाँ भन्नु हुन्छ नेपालमा नेतृत्व गर्न सक्ने गतिलो नेता नै देखिएन । हामी त आफ्नै पेशामा लागेको मान्छे तर अझ पनि जोस जाँगर मरेको छैन पार्टीका लागि जस्तोसुकै काम गर्नपनि तयार रहेको सुनाउनु हुन्छ ।
उहाँको कृषि फाममा पुग्दा धेरै आनन्द आउँछ । अम्वाको बोटबाट अम्वा झरेर गरा भरि देखिन्छ । केराको बोटमा केरा पसाएका छन् । एकातिर बंगुरको खोरमा बंगुरका पाठा पाठी, अर्को खोरमा विभिन्न प्रजातिका बंगुर आनन्दले बसेका छन् । बंगुर बस्ने ठाउँपनि सफा बनाइएको छ । फर्ममा काम गर्ने मानिस आफ्नै सुरमा काम गरिरहेका छन् ।
पुरीको फर्ममा हाल २३ ओटा विभिन्न जातिका डिउरो,ल्याण्ड्रेस, बदेल क्रस आदि बंगुरका माउहरु रहेका छन् । आ–आफ्नै जातिका पाठापाठीपनि विक्रिका लागि तयार भएका छन् । मासिक खर्च कटाएर राम्रो आम्दानी भएको उहाँ बताउनु हुन्छ । हाल सम्म पुरीले कसैको पनि अनुदान लिनु भएको छैन । व्यक्ति गत खर्चमा काम गरिरहनु भएको छ । अनुदानको कुरा गर्दा उहाँ त्यति चासो राख्नु हुन्न । उहाँको भनाई छ । अनुदान त नगर्नेहरुका लागि हो । हामीले त गरिनै रहेका छौ ।
कृषि र पशुपालन पेशामा लाग्दा केही समस्या भएपनि धेरै समस्या नहुने बताउँनु हुन्छ । समस्या पनि धेरै छन् कामदार पादैन । भनेको बेलामा औषधि उपचार नहुँदा समस्या आउँछ ।
पशुपालन सँगै उहाँले होटल व्यवसायपनि संचालन गरिरहनु भएको थियो तर कोभिडको महामारी फैलिए सँगै होटल भने बन्द गनुभएको छ । महामारी कम भएपछि संचालनमा ल्याउँने सोच राख्नु भएको छ ।
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
18 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
19 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले