
किसानको जोखिम कम गर्न कृषि, पशुपन्छी बिमामा जोड
2 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, असोज ३० गते । मधेश प्रदेशका जिल्लाहरूमा किसानहरू कृषि बाली बिमाप्रति आकर्षित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाले सरोकारवालाहरूको सहभागितामा आज जनकपुरधाममा अन्तरक्रिया गरेको छ ।
परियोजनाले धनुषा तथा महोत्तरीका किसान तथा कृषि बाली बिमा गर्ने प्रतिनिधिको सहभागितामा गरेको कार्यक्रममा कृषि बिमाको महत्त्व, बिमा गरेपछि पाउने लाभ तथा किसानलाई हुने फाइदाको विषयमा किसानलाई जानकारी दिइएको थियो । बिमा गराउँदा किसानले न्यून मात्रामा मात्र बिमाको प्रिमियम बुझाउनुपर्ने प्रावधान भए पनि जनचेतना तथा शिक्षाको अभावले कृषि बिमा गराउनेको सङ्ख्या मधेश प्रदेशमा न्यून रहेको छ ।

नेपालमा कृषि वाली, पशुपन्छी बिमा गर्ने प्रावधान रहेको भएपनि बिमा गराउनेको सङ्ख्या बढ्न सकेको छैन । कृषि बिमाको न्यून प्रतिशत रकम किसानले तिर्ने प्रावधान रहेको छ । ८० प्रतिशत बिमाको रकम नेपाल सरकारले नै तिरिदिने प्रावधान भएकाले व्यावसायिक रुपमा खेती गर्ने किसान तथा पशुपालक किसानले अनिवार्य रुपमा नै बिमा गराउनुपर्ने आवश्यकतामा विज्ञहरूले जोड दिनुभयो ।
अहिले पन्छीतर्फ ७ प्रतिशत, पशुतर्फ ५ प्रतिशत, मत्स्यतर्फ ३ प्रतिशत तथा बालीतर्फ ५ प्रतिशत मात्र किसानले बिमा गराए बापत प्रिमियम तिर्नुपर्ने प्रावधान भए पनि बैङ्कको लोन तथा अनुदान पाउनका लागि किसानहरुले बिमा गराउने गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनुभयो ।कार्यक्रममा कृषि तथा पशुपक्षी बिमा गराउने विभिन्न कम्पनीका प्रमुखहरू, किसानहरू, आयोजनाका विज्ञ कर्मचारीहरूको सहभागिता रहेको थियो ।
साभार : रेडियो नेपाल

आरती साहको परिवारले धर्ना जारी राख्ने
काठमाडौं, मंसिर २१ : सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठ..
13 घन्टा पहिले
राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता शुरु
जनकपुरधाम,मंसिर २१ गते । जनकपुरधामको वडा नंं २३ विन्धिमा महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता श..
13 घन्टा पहिले
आजदेखि पशुपतिनाथ क्षेत्रभित्र मासु मदिरा र नशालु पदार्..
काठमाडौं ,मंसिर २१ गते । पशुपतिनाथ मन्दिर क्षेत्रभित्र मासु, मदिरा तथा नशालु पदार्थ बेचविखन तथा सेवन गर्न निषे..
13 घन्टा पहिले
स्कुल नआएको भन्दै शिक्षकले घरमै गएर कुटे बालिका
रूपन्देही,मंसिर २० गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्क..
1 दिन पहिले
चालू आर्थिक वर्षकाे आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशत: रा..
काठमाडौं ,मंसिर २० गते । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरे..
1 दिन पहिले