Janakpurdham
Wed, Feb 25, 2026
`

द्रुत डाँक सेवा प्रभावकारी बन्दै

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत १७ गते ।  हुलाक सेवा विभागको द्रुत डाँक सेवा प्रभावकारी बन्दै गएको छ । हुलाक सेवा विभागले द्रुत डाँक सेवाको विषयमा जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम गर्‍यो ।नेपालका हुलाक सेवा विभाग विश्वका १ सय ८० मुलुकको सदस्य रहे पनि द्रुत डाँक सेवा दिने काम विश्वका ३८ राष्ट्रसँग मात्र भइरहेको छ । 

नीजि क्षेत्रबाट सञ्चालित रहेको कुरियर सेवा भन्दा सस्तो तथा भरपर्दो सेवा दिने काम भएकाले हुलाक सेवाको द्रुत डाँक सेवा लिनेको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेको हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्यले जानकारी दिनुभयो ।४ वर्षको अवधिमा नेपालबाट विदेशका लागि द्रुत डाँक सेवा लिनेको सङ्ख्या ५ सय हरेकोमा अहिले बढेर ४ हजार ३ सय पुगेको छ । विदेशबाट नेपालका लागि द्रुत डाँक सेवा लिनेको सङ्ख्या ५ हजार रहेकोमा अहिले बढेर ३३ हजार पुगेको हुलाक सेवा विभागले जनाएको छ । 

नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तगतको हुलाक सेवाको द्रुत डाँक सेवाका विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले द्रुत डाँक सेवाको मधेश प्रदेशमा विस्तार गर्न सुझाव दिनुभयो ।द्रुत डाँक सेवा मार्फत अधिकतम २० किलोग्रामको सामानहरू किलोग्रामको आधारमा तोकिएका शुल्क बुझाएर पठाउन सकिने छ । 

साभार ः रेडियो नेपाल

 

 

`
12 comments
फागुन १८ देखि २१ गतेसम्म कञ्चनपुर–भारत सीमा नाका बन्द हु..

कञ्चनपुर,फाल्गुन १२ गते । फागुन १८ राति देखि २१ गते राति १२ बजे सम्म   नेपाल भारत सीमा जोडिएको कञ्चनपुर जिल्ल..

1 दिन पहिले

मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

धनुषा,फाल्गुन १२ गते । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनव..

1 दिन पहिले

काठमाडौं ५ लाई ‘मेडिकल हब’का रुपमा विकास गर्ने पौडेलको प..

काठमाडौं, फागुन ११ : नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले सहज, सुलभ, गुणस्तरी..

2 दिन पहिले

एक दर्जन युवाहरु कांग्रेस प्रवेश

स्याङ्जा, फागुन ११ : स्याङ्जामा विभिन्न राजनैतिक दलसँग आबद्ध युवाहरु नेपाली कांग्रेस पार्टी प्रबेश गरेका छन्। ..

2 दिन पहिले

पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १..

काठमाडौं, फागुन १० : उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत मात्र इथानोल ..

3 दिन पहिले