रामानन्द युवा क्लवको वार्षिकोत्सवमा तीन व्यक्तित्व सम्मानित
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुस ५ गते । जनकपुरधामको प्रसिद्ध रामानन्द युवा क्लबले आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ । नेपालको खेलकुदको क्षेत्रमा विशिष्ट योगदान दिनुभएका राष्ट्रिय खेलाडी अनिल मण्डललाई वशिष्ट चन्द्रकला खेल पुरस्कारबाट सम्मानित गरिएको छ । सो पुरस्कारमा सम्मानपत्र, दोसल्ला तथा २१ हजार नगद रहेको छ ।क्लबले स्थापना गरेको यस वर्षको विद्यापति स्मृति पदकबाट मैथिलीका प्रसिद्ध कवि काशीकान्त झालाई सम्मानित गरिएको छ । उक्त पुरस्कारमा सम्मानपत्र, दोसल्ला र १५ हजार नगद रहेको छ । कला र संस्कृतिको क्षेत्रमा प्रत्येक वर्ष प्रदान गर्दै आएको सरस्वती राजनारायण कला पुरस्कार गायक नवीन कुमार मिश्रलाई प्रदान गरिएको छ । उक्त पुरस्कारमा सम्मानपत्र, दोसल्ला तथा २५ हजार नगद रहेको छ ।तीन वटै पुरस्कारबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं पार्टीका संसदीय दलका नेता डा चन्द्रकान्त राउत (डा. सिके राउत ) ले एक कार्यक्रमका बीच सम्मानित व्यक्तिहरूलाई सम्मान गर्नुभएको हो ।कार्यक्रममा सहभागीहरूले रामानन्द युवा क्लबले यस क्षेत्रको भाषा, साहित्य, संस्कृति तथा समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको सराहना गर्दै आगामी दिनमा लागु औषधको दुर्व्यसनमा लागेका युवाहरूको क्षेत्रमा थप कामकाज गर्न आवश्यक भएको बताउनुभयो ।रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साहको अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले रामानन्द युवा क्लबले यस क्षेत्रको भाषा, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा पु¥याएको योगदानको सराहना गर्दै सामाजिक परिवर्तनको क्षेत्रमा थप कामकाज गर्न आवश्यक भएको बताउनुभयो ।कार्यक्रममा समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान दिनुभएका पवन कुमार सिघानीया, जनमत पार्टीका प्रदेश सभाका सदस्य सतिश सिंह, पूर्व प्रदेश सभाका सदस्य परमेश्वर साह, क्लबका पूर्व अध्यक्षहरू अमरचन्द्र अनिल, अनिल मिश्र, अशोक दत्त, सम्मानित हुनु भएकाहरूले पनि रामानन्द युवा क्लबले खेलेको भूमिकाका विषयमा बोल्नुभएको थियो ।

होलीमा रंगिएको वसन्तपुर
काठमाडौं, फागुन १८ : वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपूर्णिमा(होली)पर्वका अवसरमा आज काठमा..
19 घन्टा पहिले
आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै
काठमाडौं, फागुन १८ : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ। निर्वाचन प्..
19 घन्टा पहिले
निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको ..
काठमाडौं, फागनु १८ : प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्व..
19 घन्टा पहिले
चुनाव जित–हारको भए पनि मानवीय पीडा हार्नु हुँदैन : गगन था..
काठमाडौं, फागुन १७ : नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव जित–हारको विषय भए पनि मानवीय संवेदनाको हार हुन ..
1 दिन पहिले
युएईमा इरानी आक्रमणमा एक नेपालीसहित तीन जनाकाे मृत्यु
काठमाडाैं, फागुन १७ : इरानी आक्रमणमा युएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ। युएईको रक्षा मन्त्रालयले वि..
1 दिन पहिले