एसडिआरसीले गरे जीएसएस प्रोजेक्टको अनुगमन गरियो
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम जेठ २ गते । धनुष जिल्लाको विदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा संचालित गल्र्स स्टेन्डिङ स्ट्रोङ प्रोजेक्टको अनुगमन सम्पन्न भएको छ । प्लान ईन्टरनेसन नेपालको आर्थिक सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको साझेदारीमा संचालित सो परियोजना अन्तरगत विदेह नगरपालिका वडा नं. ५,७ र ९ तथा जनकनन्दिनी गाउँपालिका वडा नं. ६ मा अनुगमन सम्पन्न भएको परियोजना संयोजक विवश श्रेष्ठले जानकारी दिनुभयो । सो वडाहरुमा नियमित रुपमा संचालनमा रहेको कार्यक्रमहरु ऋभिभावक शिक्षासत्र, पुरुष सत्र र सामुहिक सम्बाद कार्यक्रमको अनुगमन गरिएको छ ।
सो कार्यक्रमहरु संचालन भईसकेपछि समुदायमा साकारात्मक परिवर्तन भएको बिदेह नगरपालिका वडा नं. ५ का अध्यक्ष राधेश्याम गोइतले जानकारी दिनुभयो । सहभागी महिलाहरुले आफुहरु पहिला पनि आफ्ना संतानको स्याहारसुसार गरिरहेपनि यो परियोजना संचालन भएपछि आफुहरुले पाएको जानकारी पछि स्याहारको तरिका परिवर्तन भएको बताएका छन् । परियोजनामा जानकारी पाएपछि बालबालिकाहरुलाई दुई वर्ष भित्र किन बढी ध्यान दिएर स्याहार सुसार गर्नुपर्छ तथा गर्भावस्थामा आमाहरुलाई कसरी ध्यान दिने तथा गर्भमा ४ महिना देखि नै शिशुहरु बाहिर बोलेको कुराहरु अनुभव गर्न सक्ने भएकाले यस्तो अवस्थामा बिशेष ध्यान दिनुपर्ने बताएका थिए । गर्भावस्था देखि जन्मको दुई वर्ष भित्र बालबालिकाको राम्रो स्याहार भयो भने ८० प्रतिसत सम्म मानसिक विकास हुने भएकाले यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्ने सहभागीहरुले बताएका थिए । अभिभावक शिक्षा पाएका महिलाहरुले पहिला गर्भावस्थामा महिलालाई ४ पटक मात्र जाँच गराउदा अहिले ८ पटक जाँच गराईरहेको जानकारी दिएको श्रेष्ठले जानकारी दिनुभयो । अनुगमनका क्रममा पुरुष सत्रमा आएकाहरुले बच्चा हुर्काउन आमा संगे बुवाको पनि महत्वपुर्ण योगदान हुने भएकाले आफुहरुले बालबालिकाको सर्वाङगिक विकासका लागि नियमित रुपमा बालबालिकाहरु संग समय विताउने गरेका बताएका थिए ।
बालबालिकाहरुको शारीरिक, मानसिक, बौद्धिक, भाषिक, सामाजिक र संबेगात्मक विकास गराउन बुवाको पनि उतिकै भुमिका रहेको यो परियोजनाले सिकाएको एक जना अभिभावकले बताए । अनुगमनकै क्रममा बिदेह नगरपालिका वडा नं. ७ जोगियारामा सामुहिक सम्बाद कार्यक्रमको समेत अनुगमन गरिएको छ । उक्त अनुगमनका क्रममा सहभागीहरुले पाकेटका खानेकुरा प्रति बालबालिकाहरुको बढदो चासोले उनिहरुको स्वास्थ्यमा नाकारात्मक असर पर्ने भएकाले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई बाहिरको पाकेट बन्द खानेकुरा नदिन महत्वपुर्ण भुमिका हुनेगरेको सहभागीहरुले बताएका थिए । उक्त अनुगमनमा सामाजिक विकास र अनुसन्धान केन्द्रका कार्यसमितिबाट अध्यक्ष मञ्जु कुमारी यादव, सचिव सोनफी साह,कोषाध्यक्ष रामबाबु साह,सुनिता यादव , सुदिना झा लगायतको उपस्थिती रहेको थियो । परियोजना अन्तरगत संचालित कार्यक्रमहरुको हरेक तीन महिनामा संस्थाद्वारा अनुगमन हुने गरेको छ ।
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
6 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
6 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
1 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
1 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
2 दिन पहिले