Janakpurdham
Fri, May 09, 2025
`

विदेशमा फसेकालाई उद्धार गर्न टोली

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ — कोरोना भाइरसको दोस्रो लहरबाट खाडी तथा मलेसियामा अप्ठ्यारोमा परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले र्‍यापिड रेस्पोन्स टिम (द्रुत उद्धार टोली) बनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीको संयोजकत्वमा टोली बनाएका हुन् । टोलीको बैठकले भने उद्धारका लागि सरोकार मन्त्रालयसँग समन्वय र सहजीकरण गर्न श्रम सहसचिवको नेतृत्वमा अर्को उच्चस्तरीय टोली बनाउन मन्त्रालयलाई अनुरोध गरेको छ ।

‘श्रमिकको उद्धारका लागि परराष्ट्र, पर्यटनलगायत मन्त्रालयसँग नियमित समन्वय गर्नुपर्छ । मेरो नेतृत्वको टिमले सूचना संकलन गर्छ । मन्त्रालयकै संयोजकत्वमा उच्चस्तरीय उद्धार टोली बनाउन आवश्यक देखियो,’ दवाडीले कान्तिपुरलाई भने ।

बैठकले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) लाई आफूलाई पठाएका श्रमिकको यथार्थ विवरण पेस गर्न लगाउने निर्णय गरेको छ । ‘म्यानपावरमार्फत गएका श्रमिकको जानकारी म्यानपावरबाटै लिने र व्यक्तिगत हिसाबले गएका श्रमिकको जानकारी दूतावासमार्फत लिने निर्णय भएको छ,’ दवाडीले भने । उनले श्रमिकको उद्धारका लागि खर्चको प्रबन्ध वैदेशिक रोजगार बोर्ड, अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय दातृ निकायमार्फत बन्दोबस्त गर्ने तयारी भइरहेको बताए । गत वर्ष बोर्डले १० हजार श्रमिकलाई उद्धार गर्ने तयारी गरेको थियो । तर, बोर्डको खर्चबाट तीन सय २७ जना मात्रै उद्धार गरिएको थियो ।

कोरोना संक्रमणको पहिलो लहरका बेला वैदेशिक रोजगारमा गएकामध्ये झन्डै एक लाख १० हजार जना फर्किएका छन् । खाडी तथा मलेसियास्थित नेपाली दूतावासका अनुसार फर्किएकामा श्रमिक रोजगार करारपत्र नवीकरण नगर्नेहरू बढी छन् । गन्तव्य देशका राजदूतहरूका अनुसार कोरोना संक्रमण बढे पनि पहिलाजस्तो श्रमिकहरूलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था देखिएको छैन । ‘पहिलाजस्तो भयग्रस्त वातावरण छैन । साउदीमा कोरोना नियन्त्रणमा आइसकेको थियो । अहिले फेरि संक्रमितको संख्या दिनमा हजार नाघिरहेको छ । तैपनि पहिलाजसरी श्रमिकहरू आत्तिएका छैनन् । खोप सहजै उपलब्ध भइरहेको छ, नाम लेखाएको दुई–तीन दिनभित्र खोप लगाउन पाइन्छ । अक्सिजनको अभाव छैन,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले कान्तिपुरसँग भने, ‘भारत र पाकिस्तानबाट श्रमिक आउन रोक लगाइएको छ । नेपालबाट निर्बाध रूपमा श्रमिक आइरहेका छन् ।’

`
12 comments
जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..

जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..

18 घन्टा पहिले

भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..

काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..

2 दिन पहिले

‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..

जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..

2 दिन पहिले

बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..

जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..

3 दिन पहिले

पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन

काठमाडौं ,वैशाख २३ गते । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्स..

3 दिन पहिले