Janakpurdham
Wed, Oct 22, 2025
`

चिनियाँ राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीलाई पठाए सान्त्वना सन्देश

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

बेइजिङ — कोरोना महामारीका कारण थलिँदै भएको भारतलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सान्त्वना सन्देश पठाएका छन् ।

शुक्रबार सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा सन्देश पठाएर कोरोना महामारीको अवस्थाबारे आफ्नो ऐक्यबद्धता सन्देश पठाएका हुन् । सीले भने, ‘मानव जाति सुखदुःख समान भएको एउटै भाग्य समुदायको हो । सबै मुलुकहरू मिलेर महामारीलाई परास्त गर्नुपर्छ ।’

राष्ट्रपति सीले महामारीको यो कठिन घडीमा भारतलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले भारतसँग मिलेर महामारी रोकथाममा सहकार्य गर्ने इच्छा देखाउँदै भारतलाई आवश्यक समर्थन र सहायता गर्न इच्छुक रहेको उल्लेख गरेका छन् । तर सन्देशमा उनले सहयोगको रुपरेखाबारे केही उल्लेख गरेका छैनन् ।

दोक्लाम विवादलगायत अनेक मामिलामा भारत र चीन ठूलो मतान्तरका बढेका सन् २०१८ को अप्रिल २७ र २८ तारिख चीनको हुपेइ प्रान्तस्थित वुहानमा शिखर वार्ता भएको थियो । सो वार्तापछि दुवै देशबीच सम्बन्ध सुधारिएको थियो । सो वार्ताको ३ वर्ष पुगेको सेरोफेरोमा सीले मोदीलाई सम्झिएर सान्त्वना सन्देश पठाउनु अर्थपूर्ण मानिएको छ ।

गत मार्चको अन्त्यतिर विश्व स्वास्थ्य संगठनले भारतमा दुई पटक उत्परिवर्तित भएको कोरोना भाइरस भेटिएको बताएको थियो । पछिल्लो समय संक्रमितको संख्या ३ लाख हाराहारी पुग्ने गरेको छ । श्रीलंकामा पनि कोभिडको नयाँ उत्परिवर्तित भाइरस भेटिएको छ भने बंगलादेशमा लकडाउन गरिरहेको छ । दक्षिण एशियाली मुलुकहरूमा महामारीको कडा प्रतिक्रिया देखापरेको छ।

`
12 comments
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

13 घन्टा पहिले

कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..

13 घन्टा पहिले

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा

काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..

2 दिन पहिले

लक्ष्मी पूजामा झिलिमिली काठमाडौं

काठमाडौं, कात्तिक ३ : हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ।  तिहारमा झिल..

2 दिन पहिले

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

काठमाडौँ,कार्तिक ३ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी..

2 दिन पहिले