Janakpurdham
Sat, Apr 13, 2024
`

भारतमा कोरोना संक्रमणको चेन तोड्न केही हप्ता पूर्ण लकडाउन अति आवश्यक : डा. एन्थोनी फौची

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार तथा वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भारतमा कोरोना संक्रमणको ‘सुनामी’ रोक्नका लागि केही हप्ता पूर्ण रुपमा लकडाउन गर्नुपर्ने बताएका छन् ।

कुनै पनि देश लकडाउनमा जान नचाहे पनि कोरोना संक्रमणको चक्र तोड्नका लागि भारतमा केही हप्ता लकडाउन आवश्यक रहेको डा. फौचीको भनाइ छ ।

भारतीय अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेससँगको कुराकानीमा डा. फौचीले भारतले कोरोना संक्रमण रोकथाममा के कस्ता उपाय अपनायो भन्दा राजनीतिक मुद्दा बन्ने बताए । उनले भने, ‘भारतले कोरोना संक्रमणको स्थितिलाई कसरी सम्हालिरहेको छ भन्दा यो राजनीतिक मुद्दा बन्छ । म यसबारेमा केही भन्दिनँ, म स्वास्थ्य क्षेत्रसँग आबद्ध व्यक्ति हुँ राजनीतिज्ञ होइन ।’ उनले पछिल्लो समय भारत अत्यन्तै कठिन र निराशाजनक अवस्थामा रहेको पनि बताएका छन् । उनले कुराकानीमा भनेका छन्, ‘जब तपाईं यस्तो परिस्थितिको सामना गर्नुहुन्छ, तत्कालै समग्र रुपमा विचार गरेर निर्णय लिनुपर्ने हुन्छ ।’

कोरोना भाइरसविरुद्धको खोप लगाउनु महत्वपूर्ण भए पनि त्यसको असर देखिन केही समय लाग्ने भएकाले अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरणको व्यवस्था गर्नुपर्ने पनि उनको भनाइ छ । उनी भन्छन्, ‘खोप एउटा उपाय हुन सक्छ । यो अत्यन्त आवश्यक पनि छ तर अहिले अस्पतालमा अक्सिजन अभाव, बेड अभाव जस्ता समस्यालाई यसले कम गर्दैन । खोपको प्रभाव देखिन केही समय लाग्छ ।’

`
12 comments
उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा

काठमाडौं, चैत २९ : काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ। हावाहारी, रुखको हाँगा भाँचिन सक..

2 दिन पहिले

मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान (इद–उल–फित्र) हर्..

काठमाडौं ,चैत २९ गते ।  मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान (इद–उल–फित्र) हर्ष र उत्साहका साथ एक अर्कामा शु..

2 दिन पहिले

भोलि सार्वजनिक बिदा

काठमाडौं ,चैत २८ गते ।  सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा बिहीबार (भोलि) सार्वजनिक बिदा दि..

3 दिन पहिले

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ द्वारा ज्येष्ठ नागर..

जनकपुरधाम , चैत २८ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ ले वडाका २५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ..

3 दिन पहिले

अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ : द रूल’ को ..

काठमाडौं ,चैत २६ गते ।  तेलुगु उद्योगका सुपरस्टार अल्लु अर्जुनले आफ्नो जन्मदिनमा आफ्ना फ्यानहरूलाई विशेष उपहा..

5 दिन पहिले