बेलायतमा प्लाटुन कमान्डर्स ब्याटल कोर्समा नेपाली सैनिक उत्कृष्ट
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
लन्डन — प्रशिक्षणका लागि बेलायतमा रहेका नेपाली सेनाका एक अधिकृतले अर्को सफलता प्राप्त गरेका छन् ।नेपाली सेनाका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पीसीबीसी) २००३ मा टप इन्टरनेसल स्टुडेन्ट घोषित भएका हुन् ।
गत १८ जनवरी २०२१ देखि ३० अप्रिल २०२१ सम्म भएको तीन महिने उक्त कोर्समा आयरल्यान्ड, कोसोभो, हंगेरी, स्कटल्याण्ड र नेपालबाट सैनिक अधिकृतहरु सहभागी थिए ।
प्लाटुन कमान्डिङ जस्तो चुनौतिपूर्ण कोर्समा आफ्नो इन्फेन्ट्री स्किल देखाउन नेपाली सैनिक अधिकृतहरु विगतमा देखि नै सफल भएकाले यसले नेपालको छवि विश्वमा उचो बनेको थापाले बताए ।
आउँदो जुलाई अन्त्यतिर नेपाल फर्कनुअघि थापाले अब कमान्डो कोर्स गर्ने छन् । बेलायतको रोयल मरिनले सञ्चालन गर्ने अल आर्मी कमान्डोले उक्त कोर्स गराउने थापाले बताए ।
यसअघि बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिमका क्रममा थापाले उत्कृष्ट क्षमता प्रदर्शन गरेर ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका थिए । २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो । ४४ साताको उक्त प्रशिक्षणमा विश्वका विभिन्न मुलुकका ३३ क्याडेट सामेल थिए ।
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उत..
काठमाडौं, वैशाख १७ : राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्..
6 घन्टा पहिले
विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत..
काठमाडौं, वैशाख १७ : नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको..
6 घन्टा पहिले
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु
काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट..
1 दिन पहिले
जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..
जनकपुरधाम , वैशाख १६ गते । दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्..
1 दिन पहिले
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
काठमाडौँ, वैशाख १५ : आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि..
2 दिन पहिले