कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो : डा. कोइराला
8 महीना पहिले प्रकाशित
Esandhyakalin
माेरङ, माघ २२ : नेपाली काङ्ग्रेसका नेता डा।शेखर कोइरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने रहेको बताएका छन्।
मोरङ क्षेत्र नम्बर ६ का जनताहरुसँग कुराकानी गर्दै उनले अरु नयाँ पार्टीहरुले जे काम गरेपनि नेपाली काङ्ग्रेसले जेनजीका माग अनुसार भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकास गर्ने कामहरु गरेको बताए।

‘नेपाली काङ्ग्रेसको एजेण्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने हो। जेनजीहरुको माग पनि यही रहेको छ। अरु नयाँ पार्टीहरुले के गरिरहेको थाहा छैन्, तर चुनावमा मात्रै होइन ०६४ सालको चुनावदेखि एउटै कुरा भनिरहेको छु। भ्रष्टाचारमुक्त समाज हामी बनाउ, सुशासन दिउ, विकास गरौं, रोजगारीका अवसरहरु सिर्जना गरौं,’ उनले भने।
नेता काेइरालाले नेपाली कांग्रेसले युवाहरुको महत्व बुझेको भन्दै युवाहरुलाई निर्वाचनमा प्रोत्साहन गरिरहेको बताए।
‘युवाहरुलाई लोकल चुनावमा प्रोत्साहित दिनुपर्छ, ४० प्रतिशत युवाहरुलाई स्थान दिनुपर्छ भनिरहेको छु। प्रदेशको चुनावमा ३० प्रतिशतलाई दिनुपर्छ भनेको छु र केन्द्रमा अथवा संघीय चुनावमा २० प्रतिशत युवाहरुलाई दिनुपर्छ भनिरहेको छु। युवाहरुको महत्व नेपाली काङ्ग्रेसले नबुझेको होईन्, बुझेको छ,’ उनले भने।
साभार : काठमाडौं प्रेस
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
11 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
11 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
1 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
1 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
2 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह