
‘यारा ओ यारा’ गीतमा जब सनी नाच्दथे तव सबैलाई गरियो सेटबाट बाहिर
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

मुम्बई। अभिनेता सनी देओल फिल्म ‘गदर २’ लिएर दर्शकमाझ आउने तयारीमा छन्। पर्दामा दमदार एक्सन दिने यी अभिनेता वास्तविक जीवनमा निकै लजालु स्वभावका छन्।सन् ९० को दशकका यी लोकप्रिय अभिनेताको फिल्मले बक्सअफिसमा धमाल मात्र मच्चाएनन्, उनको फिल्मका गीतहरु उत्तिकै सदाबहार बने। यद्यपि सनी स्क्रिनमा नृत्य गर्न निकै डराउँथे।दिग्गज अभिनेता धर्मेन्द्रका छोरा सनी अभिनित फिल्म ‘जीत’ को गीत ‘यारा ओ यारा’ को एक किस्सा अहिले पनि बलिउडमा उत्तिकै चर्चाको विषय बनेको छ।कमैलाई थाहा होला कि यो गीतको सुटिङका समयमा सनी र अभिनेत्री करिश्मा कपुरबाहेक फिल्मका प्राविधिकदेखि लिएर बाँकी कलाकार सबैलाई सेटबाहिर राखिएको थियो।यो फिल्म सन् १९९६ अगष्ट २३ मा रिलिज भएको थियो। यो फिल्म सनीको करियरको सम्झन लायक फिल्ममा पर्दछ।गीत ‘यारा ओ यारा’ स्वीटजरल्याण्डमा सुटिङ गरिएको थियो। सुटिङका क्रममा करिश्मा र सनीबाहेक सबैलाई सुटिङ सेटबाट भगाइएको थियो।सनीले नृत्यको नाममा यो गीतमा केवल हात र खुट्टा मात्र चलाएका थिए। ६ मिनेटको यो गीतपछि सनीले आफू देवल परिवारको उत्कृष्ट डान्सर नभएको स्वीकारेका थिए।सनीलाई आफू गीतमा नाँच्दा उनको नृत्य हेर्नेहरु हाँस्नेछन् भन्नेमा डर थियो। सोहीकारण सेटबाट करिश्मा र सनीबाहेक सबैलाई भगाइएको थियो। सनीले सेटमा आफूले गीतको रिहल्सल गर्दा कोरियोग्राफर चिन्नी प्रकाशबाहेक अरु कोही नबस्ने नियम बनाएका थिए।यो गीतको फाइनल सुट हुँदा साउण्ड, लाइटदेखि लिएर हरेक डिपार्टमेन्टमका मानिसहरु सनीको नियम अनुसार सेटबाट बाहिर गएका थिए। केही मानिस मात्र सेटमा थिए। सनीले आफ्नो नृत्यमा अरुले खिल्ली उडाउलान् भनेर यो नियम बनाएका थिए।निर्देशक साजिद नाडियाडवालाका अनुसार नृत्यको सट दिएपछि सनीले निर्देशक र कोरियोग्राफरलाई राम्रो भयो कि भएन भनेर सोध्थे। सनीको अगाडि सबैले तारिफ गरे पनि पछाडि भने उनीहरु हाँस्ने गर्थे।साभार : डिसी नेपाल

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
6 घन्टा पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
6 घन्टा पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
1 दिन पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
1 दिन पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
2 दिन पहिले