Janakpurdham
Thu, Apr 30, 2026
`

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई ह्वाइटहाउसमा भब्य स्वागत

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी । अमेरिकाको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगेका छन्।राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले मोदीलाई ह्वाइटहाउसमा भय स्वागत गरेका हुन्। बाइडेन र मोदीबस्च हिबीबार ह्वाइटहाउसमा दुई पक्षीय वार्ताको कार्यक्रम रहेको छ ।मोदीको स्वागतमा सवै कूटनीति प्रोटोकल खुला गरेको अमेरिकाले भारतसँगको बिहीबारको वार्तालाई शिखर सम्मेलन भनेको छ । रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा केन्द्रीत हुने वार्ताले आगामी दशकका लागि रणनीतिक रोडम्याप तयार पार्ने विश्लेषण गरिएको छ ।रक्षा र प्रविधि बाहेक विकास र ब्यापारमा साझेदारी पनि वार्ताको अर्को महत्वपूर्ण पक्ष हुने छ ।हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई टक्कर दिन भारतलाई साथ लिने रणनीतिमा रहेको अमेरिकाले आफ्ना बहुराष्ट्रिय कम्पनीहरुलाई चीनबाट भारततर्फ सार्दै आएको छ ।राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले बिहीबार साँझ मोदीको सम्मानमा रात्रिभोज आयोजना गर्दैछन् । रात्रीभोजमा राजनीति, आर्थिक र रक्षा क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूलाई आमन्त्रण गरिएको जनाइएको छ । मोदीले शुक्रबार अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । साभार : मिडिया डबली

`
12 comments
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उत..

काठमाडौं, वैशाख १७ : राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्..

24 मिनट पहिले

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत..

काठमाडौं, वैशाख १७ : नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको..

28 मिनट पहिले

मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु

काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट..

1 दिन पहिले

जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..

जनकपुरधाम , वैशाख १६ गते ।  दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्..

1 दिन पहिले

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ, वैशाख १५ : आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि..

2 दिन पहिले