Janakpurdham
Sun, Apr 28, 2024
`

‘महाजात्रा’ को व्यापारमा दोस्रो दिन उछाल : दुई दिनमै ३ करोड नाघ्यो ग्रस कलेक्सन

1 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,चैत ११ गते । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ ले दोस्रो दिन १ करोड ८३ लाख ग्रस कलेक्सन गरेको छ । यससँगै दुई दिनमा चलचित्रको कुल आम्दानी ३ करोड ६ लाख पुगेको निर्माण पक्षले जनाएको छ ।

शुक्रबारबाट रिलिज भएको यस चलचित्रले पहिलो दिनमै १ करोड २३ लाखको बम्पर ओपनिङ गरेको थियो ।

शुक्रबार र शनिबार चलचित्रका सबै टिकटहरू हाउसफूल थिए । आज पनि सार्वजनिक बिदा भएकाले चलचित्रलाई दर्शकको थप साथ मिलेको छ । आजको अनलाइन बुकिङ पनि हासफूल देखिन्छन् । शोज थपिने क्रम पनि सुरू भएको छ । चलचित्रले रिलिजको पहिलो दिन शुक्रबारमात्र ३४२ भन्दा धेरै शो पाएको थियो । 

विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ । आकस्मिकरूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो । 

चलचित्रमा हरिवंश आचार्य, बिपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रबिन्द्र झा, दिब्य देबलगायतका कलाकारको अभिनय रहेको छ । कार्यकारी निर्माता रवीन्द्रसिंह हुन्।

चलचित्रका निर्माताहरु म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल हुन् भने चलचित्रको कथा निर्देशक भट्टराईले स्वयं लेखेका हुन् ।

‘महाजात्रा’ ‘जात्रा’, ‘जात्रै जात्रा’ पछिको तेस्रो सिरिज हो ।

साभार :  नेपाल प्रेस

`
12 comments
आजदेखि लगानी सम्मेलन, ५४ देशका लगानीकर्ता काठमाडौंमा

काठमाडौं, वैशाख १६ । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आज..

4 घन्टा पहिले

‘सिफारिस लिएर आउनुस्, जुनै पालिकाको भए पनि गरिब र असहायक..

काठमाडौं, वैशाख १६ । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठम..

5 घन्टा पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

23 घन्टा पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

23 घन्टा पहिले

उत्तरप्रदेशबाट अवैध रूपमा बिहार लगिएका ९५ बालबालिकाको ..

एजेन्सी, अयोध्या (भारत), वैशाख १५ :  उत्तरप्रदेश बाल आयोगले शुक्रबार बिहारबाट अवैधरूपमा उत्तरप्रदेश लगिएका ९५ ..

23 घन्टा पहिले