मधेश प्रदेशमा नसर्ने रोगको परीक्षण गर्ने अभियान शुरु
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन १ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले नसर्ने रोग पहिचान सम्बन्धि एक महिने अभियानको आज शुभारम्भ गर्नुभएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा स्वास्थ्यमन्त्री सिंह आफै पुगेर प्रेसर तथा सुगरको जाँच गराएर मधेश प्रदेशमा नसर्ने रोगहरूको जाँच गर्ने अभियानको शुरुआत गर्नु भएको हो । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा आयोजना नसर्ने रोगको जाँच शुभारम्भ कार्यक्रम पछि अन्य नागरिकहरूले पनि निःशुल्क रुपमा जाँच गर्ने काम भएको थियो ।
“समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वास्थ्य र दीर्घ जीवन बाँचौँ“ भन्ने मूल नाराका साथ नसर्ने रोगको रोकथाम तथा सचेतना फैलाउनका लागि कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य निर्देशक श्रवण कुमार नायकले जानकारी दिनु भएको हो ।
एक महिनासम्म चल्ने यस अभियानमा नसर्ने रोगहरूको नेपाल सरकारको निर्देशन अनुसार निःशुल्क रुपमा परीक्षण गरिने भएको छ । नेपालमा अहिले नसर्ने रोग जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा अगाडी आएकाले सरकारले देश व्यापी रुपमा फागुन महिनाभरिमा नै यसको जाँच अभियान बढाएको छ ।
अभियानमा सहभागी हुँदै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले सर्ने रोग भन्दा नसर्ने रोगका कारणले नेपालमा वर्षेनी रुपमा धेरैको मृत्यु हुने गरेकाले नसर्ने रोग लाग्न नदिनका लागि समयमा स्वास्थ्यको परीक्षण तथा नियमित रुपमा योग र व्याम गर्न जरुरी रहेको बताउनु भयो ।
मधेश प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले सञ्चालन गरेको सो अभियानबाट नसर्ने रोगहरूबारे आम जनतामा जनचेतना वृद्धि हुनुका साथै नसर्ने रोगको परीक्षण पछि समयमा उपचार भएको खण्डमा थप समस्याबाट जोगिने भएकाले प्रदेशका १ सय ३६ पालिकामा नै नसर्ने रोगको जाँच अभियान शुरु भएको निर्देशक नायकले बताउनु भयो ।
मधेश प्रदेशका १ सय ३६ पालिकामा नै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको शाखा भएकाले नसर्ने रोगको परीक्षण तथा उपचारमा कुनै समस्या नहुने पनि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
साभार ः रेडियो नेपाल
प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन : सांसद बराल
काठमाडौं, जेठ २९ : नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्त..
43 मिनट पहिले
राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्..
काठमाडौं, जेठ २९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाब..
47 मिनट पहिले
काभ्रे बस दुर्घटना : १२ घाइतेको पहिचान खुल्यो, मृतककाे पर..
काभ्रे, जेठ २९ : काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचा..
50 मिनट पहिले
‘एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पप..
काठमाडौं, जेठ २९ : एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्तिको प्रभाव तथा राज्य संयन्त्..
53 मिनट पहिले
सर्वोच्च अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ट्रेड युनिय..
काठमाडौं, जेठ २९ : सरकारलाई दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ। निजामती सेवामा..
1 घन्टा पहिले
-
राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग
-
काभ्रे बस दुर्घटना : १२ घाइतेको पहिचान खुल्यो, मृतककाे परिचय खुल्न बाँकी
-
‘एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो’
-
सर्वोच्च अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ट्रेड युनियनहरू खारेजको बाटो खुल्यो