
ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति
9 घन्टा पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ भन्ने धारणा राखे पनि एमाले अध्यक्षलाई प्रधानमन्त्री बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो? भन्दै प्रश्न गरे।
‘२०७९ को संघिय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं, अहिले एमालेसँग सरकारमा छौं। त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौ र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो? कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ। तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ,’ नेता कोइरालले भने, ‘के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ? सभापतिज्युले यसको चितबुझ्ने जवाफ दिनुपर्छ।’
उनले पार्टीमा एकता होस, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४ औं महाधिवेशनमा पराजित भए लगत्तै आफूले भागबण्डाको राजनीति गर्दिन भनेर भनेको स्मरण गरे। तर कांग्रेसले त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानेको उनको गुनासो छ।
‘मैले आज बाध्य भएर भनिरहेको छु। पार्टीमा एकता होस, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४औं महाधिवेशनमा पराजित भए लगत्तै म भागबण्डाको राजनीति गर्दिन भनेर भनेको थिएँ,’ उनले भने, ‘सभापति एवं पदाधिकारीहरुले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिनँ। मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो।’
उनले २०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरियो । फेरि २०८० को उपनिर्वाचन मा तनहुँ– १ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको बिज्ञप्ती आयो यो कस्तो राजनीति थियो ? भन्दै प्रश्न गरे।
साभार : काठमाडौं प्रेस

कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..
काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..
9 घन्टा पहिले
ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति
काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..
9 घन्टा पहिले
प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..
काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ। प्रतिनिधिसभा बैठ..
1 दिन पहिले
सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय
काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..
1 दिन पहिले
कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..
जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..
2 दिन पहिले