
राहुल गान्धीको ‘भारत जोडो यात्रा’को सभामा नेपालको राष्ट्रगान बज्यो
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं । बुधबार महाराष्ट्रको वासिममा राहुल गान्धीको भारत जोडो यात्राको कार्यक्रममा भारतको राष्ट्रिय गानको बजाउनुपर्नेमा यसको सट्टा नेपालको राष्ट्रिय गान बजाइएको छ । यो घटनाको भिडियो भाइरल भएको छ ।घटनापछि भाजपा नेताहरूले यो गल्तीको लागि राहुल गान्धी र कांग्रेसलाई दोष दिएका छन् । महाराष्ट्र बीजेपी नेता नितेश राणेले पनि घटनाको भिडियो शेयर गर्दै राहुलको कमेडी सर्कस भएको ट्वीट गरेका छन्। तमिलनाडु बीजेपी नेता अमर प्रसाद रेड्डीले पनि त्यही भिडियो सेयर गर्दै लेखेका छन्, राहुल गान्धी, यो के हो ?वास्तवमा, राहुल गान्धी र केही कांग्रेस नेताहरू महाराष्ट्रको वासिममा भारत जोडो यात्राको क्रममा एक मंचमा जनतालालाई सम्बोधन गर्दै थिए। यसैबीच राहुल गान्धीले आफ्नो छेउमा उभिएका नेताहरूलाई राष्ट्रगान बजाउन भने तर गल्तीले नेपालको राष्ट्रगान बज्न थाल्यो ।
https://twitter.com/i/status/1592935017243869185
करिब पाँच सेकेन्डसम्म राहुल गान्धी सावधान मुद्रामा उभिए, तर गलत गीत बजिरहेको थाहा पाउने बित्तिकै उनले नेताहरूलाई रोकेर राष्ट्रगान बजाउन आग्रह गरे। तर, राहुलले भन्दा पनि केही नेताहरुले उनको कुरा बुझ्न सकेनन् ।भाजपा नेता नितिश राणेले ट्वीट गरे कि यो राहुलको कमेडी सर्कस हो । सोही क्रममा बीजेपी नेता अमर प्रसाद रेड्डीले पनि त्यही भिडियो शेयर गर्दै लेखेका छन्, ‘राहुल गान्धी, यो के हो ?’ सोही क्रममा सोसल मिडिया प्रयोगकर्ताहरुले राहुल गान्धीको खिल्ली उडाए ।एक प्रयोगकर्ताले लेखे कि यो नेपालको राष्ट्रिय गान हो ? अर्का प्रयोगकर्ताले राहुललाई गीत गलत हो भनेर बुझ्न ५ सेकेन्डभन्दा बढी समय लागेको लेखेका छन् । रामेश्वर सनातनी नामका एक प्रयोगकर्ताले गलत राष्ट्रगान गाएर अपमान गरेको आरोपमा यी व्यक्तिहरु विरुद्ध मुद्दा दर्ता हुनुपर्ने लेखेका छन् ।साभार : डिसी नेपाल

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त
काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्..
7 घन्टा पहिले
राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध ..
जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका ..
7 घन्टा पहिले
स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए
काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्। स..
1 दिन पहिले
जसपा मधेश प्रदेशका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी
सर्लाही, असार २० : जिल्ला प्रहरी प्रमुखलाई धम्क्याएको आरोपमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधे..
1 दिन पहिले
राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोष..
काठमाडौं ,असार १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्..
2 दिन पहिले