कलिंग विश्वविद्यालयले माग्यो माफी, नेपाली विद्यार्थी कुट्ने सुरक्षा गार्डलाई निकाल्यो
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन ६ : भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्ड्रस्टियल टेक्नोलोजी (किट)ले त्यहाँ कार्यरत दुई सुरक्षागार्डलाई सेवाबाट हटाएको छ।
नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्य भएको घटनापछि नेपाली विद्यार्थीहरू आन्दोलित भएका थिए।
नेपाली विद्यार्थी प्रदर्शनमा उत्रिएपछि उनीहरूमाथि ती सुरक्षागार्डले कुटपिट गरेका थिए। घटना सार्वजनिक भएपछि कालिंगाले नेपाली विद्यार्थीहरूलाई समेत छात्रावासबाट निकालेको थियो।
नेपाल सरकार र भारतकै सत्तारूढ दल भाजपासम्बद्ध विद्यार्थी संगठनले नेपाली विद्यार्थीको पक्षमा प्रदर्शन गरेको थियो।
घटनापछि नेपाल सरकार, परराष्ट्रमन्त्री तत्काल घटनाबारे बुझेर नेपाली विद्यार्थीलाई छात्रावासमै वस्ने र उनीहरूको सुरक्षा प्रबन्ध गरेको थियो।
घटनाले दुई देशको सरकारको ध्यानाकर्षण भएपछि केआआइटीले विज्ञप्ति जारी गरेर माफी समेत मागेको छ।
‘हाम्रा दुई कर्मचारीहरूले गरेका टिप्पणी अत्यन्त गैरजिम्मेवारपूर्ण छन्, हामी उनीहरूको कार्यलाई समर्थन गर्दैनौं, त्यसैले हामीले उनीहरूलाई सेवाबाट हटाएका छौं, उनीहरूले आफ्नो टिप्पणीप्रति माफी पनि मागेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थी र जनताप्रति हाम्रो स्नेह छ। हामी उनीहरूलाई त्यति नै माया गर्छौं जति हामी भारतका मानिस र विश्वका मानिसहरूलाई माया गर्छौं।’
नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार गरेकी प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ पोस्ट गर्दै नेपाली विद्यार्थीप्रति लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति माफी मागेकी हुन्।
मंगलबार परराष्ट्र मन्त्री आरजु राणा देउवाको निर्देशनमा भारतस्थित नेपाली राजदूतावासबाट प्रहरी टोली उक्त विश्वविद्यालय पुगेको थियो।
पछि दूतावासमा कार्यरत कर्मचारीहरु पनि नेपाली विद्यार्थीहरुको अवस्था बुझ्न उडिसा पुगेका थिए।
प्रकृतिको मृत्यु भएको घटनामा सोही विश्वविद्यालयमा अध्ययनरत एडविक श्रीवास्तव पक्राउ परिसकेका छन्।
उनलाई आत्महत्या दुरुत्साहन कसुरमा अदालतले न्यायिक हिरासतमा पठाएको छ। उनको मोबाइल पनि प्रहरीले बरामद गरेर अनुसन्धान गरेको छ।
साथै अन्य कागजात, प्रकृतिको मोबाइल र उनको ल्यापटप पनि प्रहरीले बरामद गरिसकेको छ।
प्रकृति आइतबार छात्रावासमा मृत फेला परेकी थिइन्। भारतीय सञ्चारमाध्यम र विश्वविद्यालये उनले आत्महत्या गरेको भनेको थियो।
पछि श्रीवास्तवले प्रकृतिलाई मानसिक तनाव दिएको विषय उनले कलेज प्रशासनलाई जानकारी गराउँदा पनि प्रशासनले बेवास्ता खुलेको थियो।
त्यसकारण नेपाली विद्यार्थीहरुले प्रदर्शन गरेका थिए। प्रदर्शन गरेका नेपाली विद्यार्थीहरूलाई सोमबार नै होस्टल खाली गर्न कलेजले निर्देशन दिएको थियो। त्यसपछि होस्टेल छाडेर नेपाली विद्यार्थीहरू बस स्टेशन तथा रेल स्टेशनसमेत पुगेका थिए।
पछि नेपाली दूतावासले कलेजसँग समन्वय गरेपछि कलेज प्रशासनबाट नेपाली विद्यार्थीहरुलाई लिन बाटोमै पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
केआइआइटीमा ८०० जना भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्।
साभार ः काठमाडौं प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
7 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
7 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले